अग्युरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीको सानदार जित
![अग्युरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीको सानदार जित](https://annapurnapost.prixacdn.net/media/albums/3594602_herol-57b400f4a17125.26094974_MLi4Zojj8S.jpg)
काठमाडौंः सर्जियो अग्युरोले ह्याट्रिक गरेपछि म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको प्ले अफमा स्टुआ बुखारेस्टमाथि सानदार जित हात पारेको छ।
गएराति भएको खेलमा स्टुआ बुखारेस्टलाई ५–० गोल अन्तरले पराजित गर्ने क्रममा अग्युरोेले सिटीका लागि ह्याट्रिक पूरा गरे। अग्युरोले त्योसँगै दुईवटा पेनाल्टी पनि मिस गरेका थिए।
खेलको १३ औं मिनेटमा म्यानचेस्टर सिटीले डेभिड सिल्भाको गोलबाट सुरुवाती अग्रता लियो। खेलको २१ औं निमेटमा म्यानचेस्टर सिटीले पेनाल्टी पायो, तर अग्युरोले गोल गर्न सकेनन्। अग्युरोको प्रहार साइड पोलमा लाग्दै बाहिरिएको थियो।
यस्तै २९ औं मिनेटमा सिटीले दोस्रो पेनाल्टीको अबसर पायो। दोस्रो पटक पनि अग्युरोले प्रहार गरे, तर उनी दोस्रो पटक पनि गोल गर्न सकेनन्। उनको प्रहार दोस्रो पटक गोलरक्षकले रोकेका थिए।
खेलको ४१ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। पहिलो हाफमा सिटी २–० को अग्रता लिन सफल भयो।
यस्तै खेलको ४९ औैं मिनेटमा नोलिटोले गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए। एकपक्षीय खेल पस्केको सिटीका लागि खेलको ७८ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै ४–० को अग्रता दिलाए। यस्तै खेलको ८९ औं मिनेटमा अग्युरोले ह्याट्रिक पूरा गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)