ब्राजिल स्वीडेनसँग पराजित, स्वर्ण जित्ने सपना चकनाचुर
![ब्राजिल स्वीडेनसँग पराजित, स्वर्ण जित्ने सपना चकनाचुर](https://annapurnapost.prixacdn.net/media/albums/rio_game_in_brazil-57b4061d53e3e3.01647142_ci30aujhvR.jpg)
रियो दी जेनेरियोः ब्राजिल रियो ओलम्पिक महिला फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ।
योसँगै रियो दी जेनेरियोमा जारी ओलम्पिक अन्तर्गत महिला फुटबलमा स्वर्ण जित्ने ब्राजिलको सपना चकनाचुर भयो।
स्वीडेनले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्यो।
जितसँगै स्वीडेन भने सन् १९४८ पछि पहिलो पटक रियो ओलम्पिक महिला फुटबलको फाइनल पुग्न सफल भएको हो। अब स्वीडेनले स्वर्ण पदका लागि फाइनलमा जर्मनीको सामना गर्नेछ।
गएराति नै भएको अर्को खेलमा क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनी फाइनल पुगेको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)