रियो ओलम्पिकमा भारतले जित्यो पहिलो पदक
![रियो ओलम्पिकमा भारतले जित्यो पहिलो पदक](https://annapurnapost.prixacdn.net/media/albums/sakshimalikindia-m-57b54faa649b42.59239270_87oSZvsxJB.jpg)
रियो दी जनेरियोः भारतले रियो ओलम्पिक २०१६ मा पहिलो पदक जितेको छ। ब्राजिलको रियो दी जेनेरियोमा जारी रियो ओलम्पिकमा भारतले पहिलो पदक हात पार्दै खाता खोलेको हो।
भारतलाई पहिलो पदक जिताउने क्रममा ५८ किलो तौल समूहमा महिला रेस्लर २३ वर्षीया साक्षी मलिकले कास्य पदक जितिन्। भारतले ओलम्पिकको यो संस्करणमा जितेको यो कास्य पदक नै यो पहिलो पदक हो।
भारतकी मलिकले कास्य पदक जित्ने क्रममा किर्गिस्तानकी आइसिउली टाइनीबेकोवालाई ८–५ को अन्तरमा हराइन्। साक्षीले ५–० ले पछि परेको स्थिति उल्टाउँदै टाइनीबेकोवालाई ८-५ ले पराजित गर्न सफल भइन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)