ब्राजिल र जर्मनी फाइनलमा 

ब्राजिल र जर्मनी फाइनलमा 

रियो दी जेनेरियोः घरेलु टोली ब्राजिल रियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलको फाइनलमा पुगेको छ । ब्राजिलले बुधबार राति भएको सेमिफाइनलमा होन्डुरसलाई ६-० गोलको फराकिलोअन्तरले हरायो । विश्व च्याम्पियन जर्मनी पनि फाइनल पुग्यो । जर्मनीले अर्को सेमिफाइनलमा नाइजेरियालाई २-० गोलले पराजित गर्‍यो । जर्मनी महिला स्पर्धाको पनि फाइनलमा पुगेको छ ।

ओलम्पिक खेलकुदको पुरुष फुटबलमा पहिलो पटक स्वर्ण जित्ने प्रयासमा रहेको पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले होन्डुरसविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्यो‍‍ । ब्राजिल यसअघि तीनपटक ओलम्पिक पुरुष फुटबलको फाइनल पुगे पनि रजत पदकमै सीमित भएको थियो । ब्राजिललगातार दोस्रो पटक ओलम्पिक पुरुष फुटबलको फाइनलमा पुगेको हो ।

घरेलु टोलीका लागि नेमार र गाब्रियल जिससले दुईदुई गोल गरे । लुवान र माक्र्विनहोसले पनि एकएक गोल गरे । चर्चित युवा स्टार नेमारले दुई गोलका लागि एसिस्ट पनि गरेका थिए । नेमारले खेल सुरु भएको १४ सेकेन्डमै पहिलो गोल गरेका थिए । उनी ओलम्पिक फुटबलको इतिहासमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी पनि बने । त्यसपछि लगातार दुई गोल गर्दै गाब्रियलले टोलीको सम्भावना बलियो बनाए ।

ब्राजिलमा नयाँ नेमारका रूपमा हेरिएका १९ वर्षीय गाब्रियलले २६ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाएका थिए । उनले लुवानको पासमा गोल गरेका हुन् । गाब्रियलले नेमारको पासमा गोल गर्दै ३५ औं मिनेटमा टोलीलाई ३-० को बलियो स्थितिमा पुर्‍याए । ब्राजिलले मध्यान्तरपछि तीन गोल गर्‍यो । ५१ औं मिनेटमा माक्र्विनहोसले नेमारको पासमा गोल गरे ।

 

यसपछि लुवानले ७९ औं मिनेटमा गोल थपे । इन्जुरी समयमा नेमारले पेनाल्टीमार्फत गोल गरेका थिए । समूगहत चरणको खेलमा गोल गर्न नसकेका स्पेनिस ला लिगा क्लब बार्सिलोना स्टार खेलाडी नेमारले क्वार्टरफाइनलमा व्यक्तिगत पहिलो गोल गरेका थिए । बार्सिलोनाले कोपा अमेरिका र ओलम्पिकमध्ये एउटा प्रतियोगितामा मात्र नेमारलाई सहभागी गराउन ब्राजिललाई पत्र लेखेपछि उनलाई ओलम्पिक खेलकुदमा मात्र समावेश गरिएको थियो ।

दुई वर्षअघि घरेलु मैदानमै आयोजित विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७-१ गोलले पराजित भएपछि ब्राजिलको निकै आलोचना भएको थियो । नेमार चोटका कारण उक्त खेलमा सहभागी हुन पाएका थिएनन् । तर यस पटक जर्मनीसँगको उक्त हारको बदला फाइनलमा लिने अवसर ब्राजिलले सिर्जना गरेको छ । ब्राजिलले नेमारबाट ठूलो अपेक्षा गरे पनि उनले हालसम्म सिनियर राष्ट्रिय टोलीबाट उपाधि सफलता हात पार्न सकेका छैनन् ।

चार वर्षअघि लन्डनमा आयोजित ओलम्पिक खेलकुदमा राम्रो प्रदर्शन गरेका नेमार फाइनलमा भने सफल देखिएनन् । यसपटक महिलातर्फ पनि ब्राजिल सेमिफाइनलमा पुगेको थियो । तर, सेमिफाइनलमा स्विडेनसँग टाइब्रेकरमा पराजित भयो । ब्राजिलले ओलम्पिक खेलकुदको इतिहासमा महिला फुटबलतर्फ पनि हालसम्म स्वर्ण पदक जित्न सकेको छैन ।

नाइजेरियाविरुद्धको खेलमा भने जर्मनीका लुकास क्लोस्टरम्यान र निल्स पिटर्सनले एकएक गोल गरे । क्लोस्टरम्यानले नवौं मिनेटमा विश्व विजेतालाई अग्रता दिलाएका थिए, म्याक्स मेयरको पासमा गोल गर्दै । नाइजेरियाले अन्तिम समयसम्म खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन । पिटर्सनले ८९ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएर जर्मनीलाई जित नजिक पुर्‍याएका थिए ।

सन् १९९२ पछि पहिलो पटक ओलम्पिक पुरुष फुटबल खेलिरहेको जर्मनीले यसअघि यो प्रतियोगितामा दुई कांस्य पदक जितेको थियो । जर्मनीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आए पनि उमेरस्तरको फुटबलमा भने खरो उत्रन सकेको थिएन ।

जर्मनीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा पुरुषतर्फ चारपटक विश्वकप र तीनपटक युरोकप जितेको छ । महिलातर्फको फाइनलमा भने जर्मनीले स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ । ओलम्पिक महिला फुटबलमा जर्मनीले यसअघि तीन पटक कांस्य पदक जितेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.