एक सय २५ डीएसपी सरुवा

एक सय २५ डीएसपी सरुवा

काठमाडौंः प्रहरी प्रधान कार्यालयले एक सय २५ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । सरुवा गरिएका सबै डीएसपीले भदौको तलब खान सरुवा भएकै स्थानमा पुग्नुपर्नेछ ।

सरुवामा उपत्यकाका नौ वृत्तका डीएसपीसमेत परेका छन् । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी दिल्लीराज पन्त अञ्चल प्रहरी कार्यालय गण्डकी पुगेका छन् । उनको स्थानमा कृष्णप्रसाद पंगेनी आएका छन् ।

सातदोबाटो वृत्तकी तारादेवी थापा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विद्यालयमा पुगेकी छिन् भने सातदोबाटोमा रामेश्वरप्रसाद यादव आएका छन् । सिंहदरबार वृत्तमा मनोहरप्रसाद भट्टलाई ल्याइएको छ । जनसेवा वृत्तका विनोद घिमिरे अञ्चल प्रहरी कार्यालय बागमती पुगेका छन् ।

जनसेवामा सन्तोष आचार्यलाई ल्याइएको छ । महाराजगन्ज वृत्तका विश्वमणि पोख्रेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । प्रहरी मुख्यालयले उनको ठाउँमा गोविन्द पुरीलाई ल्याएको छ । मुख्यालयले कमलपाखेरी वृत्तका डीएसपी लोकेन्द्र श्रेष्ठलाई मध्यक्षेत्रीय प्रहरी कार्यालयमा सरुवा गरेर उनको ठाउँमा महेश थापालाई ल्याएको छ ।

कालीमाटी वृत्तका हेमकुमार थापा पनि अख्तियारमै सरुवा भएका छन् । उनको ठाउँमा नवराज अधिकारी सरुवा भएका छन् । ठिमी वृत्तका डीएसपी प्रवीणलाल श्रेष्ठ जिल्ला प्रहरी कार्यालय धनकुटा पुगेका छन् भने वृत्तमा श्यामबाबु ओलियालाई ल्याइएको छ । त्यसैगरी बालाजु वृत्तका सञ्जीवदास शर्मा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा सरुवा भएका छन् । बालाजुमा डीएसपी सन्तोष तामाङलाई सरुवा गरिएको छ ।

प्रहरी मुख्यालयले प्रधानमन्त्री विशेष सुरक्षा एकाइमा जिल्ला प्रहरी जाजरकोटका डीएसपी दानबहादुर मल्ललाई ल्याएको छ । मल्ल यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष सुरक्षामा खटिँदै आएका थिए ।

अपराध अनुसन्धान विभागको वैदेशिक रोजगार महाशाखा हेर्दे आएका डीएसपी कुमुद ढुंगेल जिल्ला प्रहरी कार्यालय रामेछाप सरुवा भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्ला, रसुवा, कालीकोट, पाँचथर, मनाङ, डोटी, ओखलढुंगा, डोल्पा, खोटाङ, डडेल्धुरा, जुम्ला, दोलखा, इलाम, बाजुरा, बझाङ, दार्चुला र मुगुमा इन्चार्जको जिम्मेवारी समालेका डीएसपी पनि सरुवा भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.