रुट पर्मिट नभएका सवारीसाधन काठमाडौं फिर्ता

रुट पर्मिट नभएका सवारीसाधन काठमाडौं फिर्ता

काठमाडौ: प्रहरीले काभ्रेस्थित अरनिको राजमार्ग र विपी राजमार्गमा चल्ने सवारी साधनहरुमध्ये रुट पर्मिट नभएका सवारी साधन काठमाडौंतर्फ फिर्ता पठाएको छ।

राजमार्गका विभिन्न चेकप्वाइन्टमा खटिएको प्रहरीले शुक्रबार र शनिबार क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई ट्राफिक नियमअनुसार कारबाही गर्दै रुट पर्मिट नभएका ११ सवारी काठमाडौँतर्फ फिर्ता पठाएको प्रहरीले जनाएको छ।

त्यसैगरी, क्षमताभन्दा बढी यात्रु राख्ने ४० सवारी साधनलाई कारबाही गरी २७ हजार ५ सय रुपैयाँ राजस्वसमेत सङ्कलन गरेको छ। यसैगरी, बिहीबार रुट पर्मिट नभएका ७२ सवारी साधन फिर्ता पठाएको थियो।

गएको सोमबार काभ्रेको बिर्ता देउराली–७, खहरेखोलामा भयानक दुर्घटना भएपछि प्रहरीले रुटपर्मिटलगायतमा कडाइ गर्दै आएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.