‘कसैले पद जित्छ, मैले राजनीति जितेको छु’

‘कसैले पद जित्छ, मैले राजनीति जितेको छु’

काठमाडौंः नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महरसँग पराजित भएका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय अध्यक्षका प्रत्याशी मनोजमणि आचार्यले नवनिर्वाचित कार्यसमितिको सम्मानमा बधाइ तथा चियापान कार्यक्रम गरेका छन्।

नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा महाधिवेशन प्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्न अध्यक्षका प्रत्याशी मनोजमणि आचार्यद्वारा शनिवार बिहान आयोजित बधाई तथा चियापान कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नैनसिंह महरले संगठनलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता जनाएका हुन्। उनले सवै पक्षलाई मिलाएर अघि बढ्ने समेत बताए।

अध्यक्ष महरले निर्वाचनमा पराजित भएका नेताहरुको साथ र सहयोग तथा सल्लाहमै आफूले संगठनलाई अगाडि बढाउने विश्वाससमेत दिलाए।
उनले आफूले आफूहरु राजनीतिक मुद्दाभन्दा शैक्षिक विषयमा केन्द्रित भएर काम गर्ने पनि स्पष्ट पारे।

अध्यक्षका निकटतम् प्रतिस्पर्धी मनोजमणि आचार्यले निर्वाचनमा कोही व्यक्तिले हारेपनि संगठनले जितेको बताए। उनले आफू हार्न तयार रहेको तर संगठनलाई कहिल्यै हार्न नदिने प्रतिबद्धता जनाए।

अध्यक्षमा पराजित भएर राम्रो राजनीतिक संस्कार देखाएको भन्दै चर्चामा आएका आचार्यले भने,‘संगठनमा कसैले पद जित्छ, कसैले राजनीति। यसपटक मैले चुनाव हारे तर राजनीति जितेको छु।’
कार्यक्रममा नवचिर्वाचित पदाधिकारी तथा केन्द्रीय समितिका सवै निर्वाचित सदस्यहरुलाई आचार्यले सम्मान गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.