सरकारलाई सघाउने जिम्मा पाए श्रेष्ठले

सरकारलाई सघाउने जिम्मा पाए श्रेष्ठले

काठमाडौं: माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीका तर्फबाट सरकारलाई सघाउने जिम्मेवारी पाएका छन । माओवादी केन्द्रीय कार्यालयको शनिबार बसेको बैठकले श्रेष्ठ नेतृत्वमा ११ सदस्यीय सरकार सञ्चालन सहयोग समिति गठन गरेको हो । समितिमा संगठन विभागका प्रमुख रामबहादुर थापा बादल, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, नेताहरू मात्रिका यादव, वर्षमान पुन, गिरिराजमणि पोखरेल, देव गुरुङ, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, पम्फा भुसाल र तिलक परियार छन् ।

बैठकले थापाको नेतृत्वमा संगठन विभागलाई पूर्णता दिएको छ । थापा नेतृत्वको समितिमा एक नम्बर प्रदेशबाट गोपाल किराँती, दुई नम्बरबाट मात्रिका यादव, पाँच नम्बरबाट वर्षमान पुन, ६ नम्बरबाट शक्तिबहादुर बस्नेत, सात नम्बरबाट लेखराज भट्ट छन् । उनीहरू ती प्रदेशका इन्चार्ज हुन् । तीन नम्बर प्रदेशको इन्चार्जमा थापा आफैं हुन् ।

समितिमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, जयपुरी घर्ती, मणि थापा र अन्तर्राष्ट्रिय विभागका प्रतिनिधि राख्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।

एक नम्बर प्रदेशका इन्चार्ज राम कार्की मन्त्री भएपछि उनको स्थानमा किराँतीलाई ल्याइएको छ भने ६ नम्बर प्रदेशका इन्चार्ज जनार्दन शर्मा मन्त्री भएपछि उनको स्थानमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतलाई ल्याइएको छ । नेता हरिबोल गजुरेलका अनुसार थापालाई संगठन विभागको इन्चार्जका रूपमा कार्यकारी अधिकार दिइएको छ भने श्रेष्ठले सरकारसँग सहकार्य गरेर सरकारलाई सहयोग गर्ने जिम्मा दिइएको छ । 'सबै नेताहरूले जिम्मेवारी पाएका छन्', गजुरेलले अन्नपूर्णसँग भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.