अक्षयले सिन्धुसँग खेले ब्याटमिटन
बलिउड अभिनेता अक्षय कुमारले रियो ओलम्पिकमा रजत पदक जितेकी पीबी सिन्धुसँग व्याटमिटन खेलेको तस्बिर सार्वजनिक गरे । उक्त तस्बिरमा अक्षय र सिन्धु एकै टीमबाट ब्याटमिटन खेलेको देखिन्छ ।
दिल्लीमा भएको प्रिमियर ब्याडमिटन लीगका क्रममा अक्षय र सिन्धु दुवै उद्घाटन कार्यक्रममा सहभागी थिए ।
एकै टोलीमा रहेका अक्षय र सिन्धुले अभिनेता अभिषेक बच्चन तथा ज्वाला गुट्टासँग खेलेका थिए ।
अक्षयले ट्वीट गर्दै भनेका छन्–‘तपाईं जसरी पनि सँधै सफलता पाउने व्यक्ति हो । क्रिकेटसँग नजिकिएको राष्ट्रलाई व्याटमिटनको खेल देखाउन सफल भएकी सिन्धुप्रति गर्वछ ।’
Always knew u were an achiever.U managed to convert a cricket obsessed nation to watch badminton @Pvsindhu1! #proud pic.twitter.com/iejwHpdmWB
— Akshay Kumar (@akshaykumar) August 20, 2016
उनले सिन्धुको तारिफ गर्दै व्याटमिटनमा भारतलाई पदक दिलाएकोमा धन्यवाद भनेका छन् ।