पहिलोपटक ‘मिस ग्रान्ड नेपाल’
काठमाडौँ : नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिस्तरमा चर्चित सुन्दरी प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल’ को आयोजना हुने भएको छ ।
मेरो लुक्स प्रालिको आयोजनामा मङ्गलबार होटल ह्यात रिजेन्सीमा उक्त प्रतियोगिता हुने भएको हो ।
संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा ‘मिस ग्रान्ड इन्टरनेसनल–२०१५’ का विजेता क्यायर एलिजावेथ पार्करले नेपालमा पहिलोपटक हुन लागेको यस प्रतियोगितामा आफू निर्णायकका रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताए।
संस्थाका निर्देशक अनिल बस्नेतले पहिलोपटक आयोजना गर्न लागेकाले प्रतियोगिताको सम्पूर्ण खर्च आयोजक आफैँले बेहोर्न लागेको जानकारी दिनुभयो ।
उक्त प्रतियोगितामा उपाधि जित्ने विजेताले यही अक्टोबरमा अमेरिकाको लस भेगासमा हुने ‘मिस ग्रान्ड इन्टरनेसनल–२०१६’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छन् ।
प्रतियोगितामा १७ वर्षदेखि २६ वर्षसम्मका युवतीले सहभागिता जनाउन सक्नेछन् । यसपटक नेपालका विभिन्न स्थानबाट छनोट भई आएका १० सहभागीले प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस !