चितवनमा बसको ठक्करबाट दुईजनाको मृत्यु

चितवनमा बसको ठक्करबाट दुईजनाको मृत्यु

रत्ननगरः चितवनमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

पोखराबाट वीरगन्जतर्फ जाँदै गरेको ना ४ ख ३६९३ नम्बरको बसले ना ३६ प २२६४ नम्वरको मोटरसाइकललाई भरतपुरस्थित चितवन मेडिकल कलेज अगाडि गएराति ठक्कर दिँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट मोटरसाइकल चालक नवलपरासी गैँडाकोट–२ का २९ वर्षीय निराजन न्यौपाने र त्यसमा सवार सोही ठाउँका ३४ वर्षीय तिलक कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.