कांग्रेसको निश्कर्ष : कम्तीमा एक हजार स्थानीय निकाय

कांग्रेसको निश्कर्ष :  कम्तीमा एक हजार स्थानीय निकाय

काठमाडौंः कांग्रेसमा स्थानीय निकायको पुनर्संरचना गर्दा कम्तीमा एक हजार संख्या बनाउनुपर्ने विषयमा बहस भएको छ । संसद् भवन नयाँबानेश्वरमा मंगलबार भएको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले अहिले स्थानीय निकाय पुनर्संरचना आयोगले प्रस्ताव गरेको पाँच सय ६५ संख्या निकै कम हुने भन्दै कम्तीमा एक हजार र बढीमा १५ सयसम्म संख्या बढाउनुपर्ने बताएका हुन् ।

‘स्थानीय निकायको संख्या कम्तस्मा पनि एक हजार हुनुपर्छ भन्ने धेरैको धारणा आयो’, बैठकमा सहभागी सांसद भरतकुमार शाहले अन्नपूर्णसँग भने, ‘नयाँ संविधान कार्यान्वयन गराउनुपर्ने सबैको दायित्व भएकाले सकभर सहमति गरेर छिटो स्थानीय निकायको चुनाव गराउनुपर्ने सुझाव आएको छ ।’ बैठकमा सात प्रदेशको सात समूह बनाएर छलफल गरिएको थियो ।

प्रदेश २ का सांसदहरूले जनसंख्यालाई मुख्य आधार बनाएर स्थानीय निकायको संरचना बनाउनुपर्ने सुझाव दिएका छन् । अन्य प्रदेशका सांसदले भने सहमति भए एक हजारभन्दा बढी संख्या बनाउने र नभए तत्काल अहिलेकै संरचनामा स्थानीय चुनाव गराएर केही वर्ष लगाएर वैज्ञानिक रूपमा स्थानीय निकाय पुनर्संरचना गर्ने सुझाव दिएका छन् ।

बैठकमा विज्ञको धारणा सुन्नका लागि स्थानीय निकाय पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेललाई बोलाइएको थियो ।
पौडेलले यत्ति नै संख्या भनेर आयोगले नतोकेको बताउँदै सरकारले दिएको कार्यादेशका आधारमा आफूहरूले प्रारम्भिक संरचनाको खाका तयार गरेको धारणा राखेका थिए ।

बैठक समापन गर्दै सभापति शेरबहादुर देउवाले अहिलेको संख्यामा बढाएर स्थानीय निकायको संरचना बनाउन आफूहरू तयार भएको बताएका थिए । उनले पुनर्संरचनामा समय लाग्ने भए तत्काल अहिलेकै संरचनामा चुनाव गर्ने र केही वर्ष लगाएर वैज्ञानिक रूपमा स्थानीय निकायको संरचना तयार गर्न पनि कांग्रेस खुला रहेको बताए ।

निधिको भारत भ्रमणबारे ब्रिफिङ

भारत भ्रमणबाट मंगलबार फर्किएका कांग्रेस नेता उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले दलको बैठकमा भ्रमणबारे ब्रिफिङ गरेका छन् । निधि एयरपोर्ट झरेको केही समयपछि नै दलको बैठकमा पुगेर भारत भ्रमणका विषयमा भएका भेटघाट र छलफलबारे जानकारी गराएका थिए ।

उनले भारत भ्रमणका क्रममा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमण तय भएको जानकारी पनि गराएका थिए । त्यस्तै उनले कांग्रेस र भारतका राजनीतिक दलबीचको सम्बन्ध सुमधुर भएको पनि बैठकमा जानकारी गराएका थिए ।

शशांकको चियापान

लामो समय बिरामी परेका कांग्रेस महामन्त्री शशांक कोइरालाले जिल्ला सभापति र नेताहरूलाई मंगलबार चियापान गराएका छन् । कोइरालाले अपराह्न आफ्नै निवास टोखामा चियापान गराएका हुन् । बिरामी परेको झन्डै दुई महिनापछि कोइराला पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन् । कार्यक्रममा सभापति शेरबहादुर देउवा, नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायत विभिन्न जिल्लाका सभापति र नेताकार्यकर्ताको बाक्लो उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.