सलमान खान किन दैनिक अण्डा खान्छन् ?

सलमान खान किन दैनिक अण्डा खान्छन् ?

मनोरञ्जनका क्षेत्रमा बलिउड सायद सबैभन्दा प्रख्यात उद्योग मानिन्छ । बलिउडमा स्थापित हुन ज्यानको बाजी थापेर सेलिब्रेटीहरू लागेका हुन्छन् । कतिपय स्थापित सेलिब्रेटी आफ्नो वर्चश्व कायम राख्न अनेकौं उपाय अपनाउँछन् । केही स्थापित कलाकार फिटनेस मेन्टेन गर्न अन्डाको सहारा लिँदै आएका छन् ।

सोनम कपुरः ब्राउन ब्रेडको साथमा अमलेट खान्छिन् । त्यसमा भिटामिन हुने र सुन्दरता कायम राख्न सहयोग गर्ने उनको विश्वास छ ।

आलिया भट्टः एगह्वाइट स्यान्विचको साथ कफी वा चिया पिउँछिन् । उनलाई अन्डा निकै मन पर्छ ।

रणवीर कपुरः अन्डाको सेतो भाग, प्रोटिन सेक र बदाम खानामा छुटाउँदैनन् । अन्डामा बायोटिन पाइने र यसले स्किन र कपाल स्वस्थ राख्छ भन्नेमा उनी विश्वस्त छन् ।

अक्षयकुमारः अमलेटसँग पराठा खान्छन् । उनले पनि प्रोटिन सेक पिउने गरेका छन् । अन्डामा क्याल्सियमको मात्रा पाइने भएकाले मसल्स बलियो राख्छ र बढ्दो उमेरलाई पनि फाइदा गर्छ भन्ने मान्यता उनको छ ।

ऋतिक रोशनः चारवटा अन्डाको सेतो भाग ब्राउन ब्रेडका साथ खान्छन् । अन्डामा भिटामिन डी हुने भएकाले यसले हड्डी बलियो बनाउँछ भन्ने विश्वास उनको छ ।

सलमान खानः आफ्नो डाइटमा अन्डा, बदाम र प्रोटिन सेक कहिल्यै छुटाउँदैनन् । अन्डामा फस्फोरस हुन्छ र यसले हड्डी बलियो बनाउँछ भन्ने उनको मान्यता छ ।

दीपिका पादुकोणः प्रत्येक दिन उनी चारवटा अन्डाको सेतो भागको अम्लेट खान्छिन् । उनको स्किन सुक्खा हुने समस्या भएकाले अन्डाले मुहारमा ग्लो बनाइराख्छ भन्ने मान्यता उनको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.