६ गोली लागेको गैँडाको अवस्था सुधारोन्मुख

६ गोली लागेको गैँडाको अवस्था सुधारोन्मुख

रत्ननगर: रौतहटको जङ्गलमा तस्करले हानेको ६ वटा गोली लागेर घाइते बनेको दुर्लभ एकसिङ्गे गैँडाको अवस्था सुधारोन्मुख देखिएको छ।

रौतहटबाट चितवन निकुञ्जले गत शनिवार राति उद्धार गरी सौराहा नजिकै जनकौली वनमा ल्याएर छाडेको करिब १५ वर्षको भाले गैँडाले आफ्नो विचरन र चरन क्षेत्र बढाउन थालेको निकुञ्जले जनाएको छ।

सौराहामा निकुञ्जको एक प्राविधिक टोली र नेपाली सेनाले गैँडाको उपचारका साथै रेखदेख गर्दै आएको छ। टेन्ट टाँगेर चौबिसै घन्टा गैँडाको निगरानीमा टोली खटाएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले जानकारी दिए।

'सुरुमा हिँड्डुल गर्नसमेत सक्दैनथ्यो, चितवन निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले भने,'अहिले राम्ररी हिँड्ने र खानेकुरा खाने गर्न थालेको छ, अब निको हुने आशा पलाएको छ।'

गोली भित्रैबसेको आशङ्का निकुञ्ज अधिकारीले गरेका छन्। यही भदौ ४ गते रातिको समयमा तस्करबाट गोली हानी घाइते भएको गैँडाको उद्धारपछि अहिले चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीको रेखदेखमा उपचार भइरहेको छ। गैँडाको निधार, गाला, तथा कन्चट आसपासमा पाँच गोली लागेको र ढाडमा एउटा गोली लागेको निकुञ्जले जनाएको छ।

निकुञ्जका रेन्जर लक्ष्मण रायले गम्भीर घाइते अवस्थामा उद्धार गरिएको गैँडाको अहिले अवस्था सुधार हुँदा खुसी लागेको बताए। 'टोली पुग्दा उठ्न सक्थेन, बल्ल बल्ल पानी खुवाएर ल्याइएको थियो, अहिले विचरन गर्न थालेको छ,' रायले भने। रौतहटको चन्द्रपुर नगरपालिका–२ गैँडाटारमा तस्करबाट हानेको गोली लागेर गैँडा गम्भीर घाइते भएको थियो।

निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा कमल गैरेको नेतृत्वमा अहिले उपचार चलिरहेको छ। भरुवा बन्दुकले हानेको जस्तो देखिएपनि ढाडको घाउ देख्दा अन्य बन्दुक पनि प्रयोग भएको हो कि भन्ने आशङ्का गरिएको छ। बाटो बिराएर गैँडा त्यहाँ पुगेको संरक्षणकर्मीले बताएका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.