नशालु पदार्थ खुवाएर भारतमा नेपाली लुटिए

नशालु पदार्थ खुवाएर भारतमा नेपाली लुटिए

कञ्चनपुर: रोजगारी गरी घर फर्किने क्रममा भारतको खटिमामा आज दाङ घर भएका एकजना नेपाली लुटिएका छन्।

भारतको चण्डीगढबाट घरतिर फर्किने क्रममा हरिद्वार क्षेत्रमा नेपालीजस्तै देखिने युवाले नशालु पदार्थ सुँघाएर लुटपाट गरेपछि दाङको काभ्रे गाविस मुलाबारीका मीनबहादुर राना खटिमाको मेलाघाट क्षेत्रमा अलपत्र अवस्थामा फेला परेका हुन् ।

मेलाघाट क्षेत्रमा अलपत्र परेका रानालाई कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रहरी चौकी बाबाथानको टोलीले उद्धार गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पुर्याएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए। 

उनका अनुसार मीनबहादुर रानाबाट २५ हजार भारतीय रुपैयाँ नगद, दुईवटा मोबाइल सेट र घरपरिवारका लागि ल्याएको कपडा राखिएको झोला लुटिएकोे छ ।

चाडपर्वका बेला स्वदेश फर्किने नेपाली भारतीय र सीमा क्षेत्रमा लुटिने गरेकाले पर्याप्त सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आग्रह गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.