एक महिनामा एक सय २० मोटरसाइकल चोरी!

एक महिनामा एक सय २० मोटरसाइकल चोरी!

काठमाडौँ: काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट एक महिनाको अवधिमा १२० मोटरसाइकल चोरी भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक महिनाको अवधिमा १२० मोटरसाइकल हराएको उजुरी दर्ता भएको जनाएको छ। जसमध्ये उपत्यकाका विभिन्न स्थानबाट पार्किङ गरेर राखेको अवस्थामा मोटरसाइकल हराउने गरेको हो।

महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले सवारी एकान्त स्थानमा पार्किङ, रातको समय, अस्पताल र विमानस्थल क्षेत्रबाट बढी हराउने गरेको बताए। उनले भने,'आफ्नो सवारी साधनको ह्यान्ड लक र सुरक्षित स्थानमा राख्नुहोस्।'

महाशाखाले पछिल्लो एक महिनामा विभिन्न समयमा चोरी भएका १२० मोटरसाइकलमध्ये १२ मोटरसाइकल खोजी गरी सम्बन्धित सवारी धनीसमक्ष दिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.