यी हुन् पाैडेल समूहबाट मन्त्री हुने पाँच नेता

काठमाडौंः नेपाल कांग्रेसभित्र मन्त्रीको भागबन्डा मिलेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो तर्फबाट पठाउने पाँच मन्त्रीको टुंगो लगाएको छ।
बिहीबार महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकले कोषाध्यक्ष सीतादेवी यादवसहित पाँच मन्त्रीको टुंगो लगाएको हो।
पौडेल पक्षीय एक नेताका अनुसार कोषाध्यक्ष यादवसहित केन्द्रीय सदस्यहरु दिपक गिरी, हृदयराम थानी, रोमी गौचन र नविन्द्रराज जोशीको नाम मन्त्रीका लागि टुंगो लगाएको हो।
ती नेताका अनुसार पाँच मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाएको छ। बिहीबार बिहान सभापति देउवाले पौडेल पक्षलाई पाँच मन्त्रालय दिन सहमत भएको भनेर टेलिफोन गरेपछि मन्त्रीको टुंगो लगाउन बैठक बसेको थियो।
पौडेल पक्षले सुरुदेखि नै कांग्रेसले पाउने १३ मन्त्रालयमध्ये ५ मन्त्रालय नपाए आफ्ना तर्फबाट सरकारमा मन्त्री नपठाउने चेतावनी दिँदै आएको थियो। उनीहरुले पाउने मन्त्रालयको भने टुंगो लागि सकेको छैन।
प्रतिक्रिया दिनुहोस !
