चितवन दुर्घटनाका घाइतेको उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको मुग्लिनमा भएको यात्रुबाहक बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले दुर्घटनामा घाइते भएकाहरुको तत्काल उद्दार गर्न, बेपत्ता भएकाहरुको खोजबिन गर्न तथा घाइतेको उपचार व्यवस्था मिलाउन स्थानीय प्रशासन र पार्टी कार्यकर्तालाई दिर्नेशन दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्–'त्रिशुली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुख व्यक्त गर्दै घाईतेको उद्दार, खोजबिन, उपचारका लागि प्रशासन र पार्टी पङ्तिलाई निर्देशित गर्दछु।'
त्रिशुली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुख व्यक्त गर्दै घाईतेको उद्दार, खोजबिन, उपचारका लागि प्रशासन र पार्टी पङ्तिलाई निर्देशित गर्दछु।
— PM Puspakamal Dahal (@PM_Nepal) August 26, 2016
मुग्लिन नजिकै कालीखोलाबाट यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा १९ जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् ।