रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिममा परेनन्

रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिममा परेनन्

काठमाडौंः कप्तान क्रिष्टियानो रोनाल्डो विश्वकप छनोटको पहिलो खेलका लागि घोषणा गरिएको पोर्चुगलको राष्ट्रिय टिममा पर्न असफल भएका छन्।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले कप्तान रोनाल्डो खेलका लागि फिट नभएकाले टोलीमा समावेश नगरिएको बताएका छन्। रोनाल्डोले विश्वकप छनोटका लागि हुने पहिलो खेल स्वीट्जरल्याण्डविरुद्ध टोलीमा उपलब्ध हुने छैनन्। त्यसअघि पोर्चुगलले जिब्रालटारसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

बिहीबारमात्रै युरोपको उत्कृष्ट खेलाडी घोषित भएका रोनाल्डोले रियल मड्रिडले खेलेका सबै प्रिसिजनका खेल पनि गुमाएका थिए। फ्रान्समा भएको युरोकप फुटबलमको फाइनल खेलमा घुँडामा लागेको चोटका कारण रोनाल्डो केही समययता मैदान उत्रिन सकेका छैनन्। 

पोर्चुगलले स्वीट्जरल्याण्डविरुद्धको विश्वकप छनोटको पहिलो खेलका लागि २४ सदस्यीय टोली घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.