ओलम्पिकमा पदक जितेका भारतीय खेलाडीलाई हिराको हार उपहार

ओलम्पिकमा पदक जितेका भारतीय खेलाडीलाई हिराको हार उपहार

काठमाडौंः ब्राजिलमा भएको रियो ओलम्पिकमा पदक जित्ने भारतीय महिला खेलाडीलाई हिराको हार उपहार दिइने भएको छ। एनएसी ज्वेलर्सले रियो ओलम्पिक २०१६ मा पदक जितेका दुई तथा राम्रो प्रदर्शन गरेवापत एक महिला खेलाडीलाई हिराको हार उपहार दिने घोषणा गरेको हो।

हिराको हार रियो ओलम्पिकमा रजत पदक जित्ने व्याडमिन्टन खेलाडी पीवी सिन्धु र कास्य पदक विजेता रेस्लर साक्षी मलिक तथा राम्रो प्रदर्शन गरेवापत ज्यामनास्टिक खेलाडी दीपा कर्माकरलाई दिइने एनएसी ज्वेलर्सले जनाएको छ। हिराको हार उपहार दिने घोषणा भने एनएसी ज्वेलर्सले गत मंगलबार नै गरेको हो।

एनएसी ज्वेलर्सले रजत पदक विजेता सिन्धुलाई ६ लाख रुपैयाँ बराबरको हिराको हार उपलब्ध गराउने जनाएको छ। यस्तै कास्य पदक विजेता मलिकले भने ३ लाख मुल्य बराबरको हार पाउनेछिन्। पदक नजितेपनि ज्यामनास्टिकमा राम्रो प्रदर्शन गर्ने खेलाडी कर्माकारलाई एक लाख रुपैयाँ बराबरको हार उपहारस्वरुप दिइनेछ।

ज्वेलर्सका प्रवन्ध निर्देशक अनन्त पद्मनभनले रियो ओलम्पिक २०१६ मा महिला खेलाडीले गरेको उत्कृष्ट प्रदर्शनबाट आफूहरु गौरवान्वित भएको भन्दै सम्मानस्वरुप हिराको हार दिने निर्णय गरेको बताए। आगामी दिनहरुमा पनि खेल क्षेत्रमा लागेका महिला खेलाडीहरुलाई हौसला दिन यस्ता खालका कार्यक्रमलाइृ अगाडि बढाउने पनि उनले उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.