तीन सहसचिवको सरुवा
काठमाडौँः सरकारले तीन जना सहसचिवको सरुवा गरेको छ । शुक्रबार सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालयका सहसचिव चक्र बहादुर बुढा, सामान्यकै ईश्वर पौडेल र वाणिज्यका जीवराज कोइरालाको सरुवा गरेको हो ।
बुढा तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतको कार्यकालमा गृह अन्तर्गतको मानव श्रोत व्यवस्थापन महाशाखामा आएका थिए । उनलाई सामान्यले स्थानीय विकास मन्त्रालयमा सरुवा गरेको छ ।
त्यसैगरी, सामान्यमै रहेका पौडेल र वाणिज्यमा रहेका काेइरालाको अख्तियार दुरुपयोग अनुस्न्धान आयोगमा सरुवा भएको हो । बुढाको ठाउँमा भने उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि निकट सहसचिवको सरुवा हुने स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस !