धोनीको चलचित्रमा पूर्वप्रेमिकाको कहानी

धोनीको चलचित्रमा पूर्वप्रेमिकाको कहानी

भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनमा आधारित बन्दै गरेको चलचित्र 'एमएस धोनी–द अनटोल्ड स्टोरी'को नयाँ गीत 'कौन तुझे' रिलिज भएको छ ।

भर्खरै रिलिज भएको गीतको भिडियो जति रोमान्टिक छ । त्यो भन्दा धेरै गीतको पछि लुकेको कहाँनी छ । जहाँ धोनीको पहिलो प्रेमको कहानी समावेश गरिएको छ । जुन धोनीको असफल प्रेम कहानी हो ।

गीतमा धोनीकी पहिली प्रेमिकासँगको लब स्टोरीलाई देखाइएको छ । उनकी पहिलो प्रेमिका प्रियंका झा हुन । उनी यस संसारमा छैनन् । सन् २००२ मा भएको दुर्घटनामा उनको मृत्यु भएको थियो ।

फिल्ममा धोनीको भूमिकामा सुशान्त सिंह राजपूत छन् भने उनकी पूर्व प्रेमिकाको अभिनयमा दिशा पटानी रहेकी छन् ।

यो गीतमा संगीत अमाल मलिकको छ भने पलक मुच्चलको आवज छ । अरुण पाण्डे तथा फोक्स स्टार स्टूडियोले निर्माण गरेको चलचित्र आगामी ३० सेप्टेम्बरमा रिलिज हुनेछ ।

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.