सारडा ग्रुपले मनायो स्थापना दिवस

सारडा ग्रुपले मनायो स्थापना दिवस

विराटनगरः औद्योगिक घराना सारडा गु्रपले आफ्नो स्थापना दिवस मनाएको छ । विराटनगर र काठमाडौंमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको ग्रुपले जनाएको छ ।

स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम तथा सञ्चालक एवं वरिष्ठ र पुराना कर्मचारीलाई पुरस्कृत गरिएको छ । सारडा ग्रुपका उपाध्यक्ष श्रीनिवास सारडाको सभापतित्वमा भएको कार्यक्रममा काठमाडौं र विराटनगरमा सञ्चालक तथा कर्मचारी गरी एक सय ५० जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा सारडा ग्रुपका सञ्चालक एवं सांसद पवनकुमार सारडाले सारडा ग्रुपले स्थापनाकालदेखि नै आफ्नो व्यापार व्यवसायका साथै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको बताए । उनले भने, ‘आगामी दिनमा पनि यस किसिमको कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’

एक सय ५० वर्ष अगाडि लहानमा गल्ला किराना, खाद्यान्न तथा सुनचाँदीको कारोबार सुरु गरेको सारडा गु्रपले २०१५ मा लहानमा पहिलो उद्योग पशुपति राइस मिल स्थापना गरेको थियो । त्यसपछि चिनी उद्योगलगायत जनकपुर र राजविराज क्षेत्रभित्र १५ वटा राइस मिल स्थापना गरेको सञ्चालक पवनकुमार सारडाले जानकारी गराए ।

२०३८ सालतिर विराटनगरमा एभरेस्ट आइरन इन्डस्ट्रिज स्थापना गरी उद्योग व्यापारलाई अगाडि बढाउँदै आइरन, वायर, चाउचाउ, बिस्कुट, रबर, सिमेन्ट तथा हाइड्रोपावरमा लगानी गरेको सारडाले जानकारी दिए ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.