क्यान्सरविरुद्ध सचेतना साइकल र्यालीमा इभी नेपाल मोटर्सको सहकार्य

काठमाडौं : क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले गर्न लागेको साइकल र्यालीका लागि इभी नेपाल मोटर्स प्रालिले सहकार्य गरेको छ। सोमबार अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित हेडक्वार्टरमा आयोजित एक समारोहमा सहकार्य साझेदारी भएको हो।
सहकार्य साझेदारीमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत, मार्केटिङ असिस्टेन्ड म्यानेजर माधुरी सापकोटा र इभी नेपाल मोटर्स प्रालिका असिस्टेन्ड जनरल म्यानेजर नबराज कोइराला (एनके सरद)ले हस्ताक्षर गरे।
‘क्यान्सरविरुद्ध सचेतना जगाउन गरिएको यो कार्यक्रम सराहनीय कार्य हो,’ इभी नेपाल मोटर्स प्रालिका असिस्टेन्ड जनरल म्यानेजर नबराज कोइराला भने, ‘क्यान्सरमुक्त नेपाल बनाउनुपर्छ भन्ने जनचेतना जगाउन यस्ता र्याली महत्त्वपूर्ण हुन्छ।’
क्यान्सरविरुद्धमात्र नभइ, यो साइकल र्यालीले ग्रिन सिटी, क्लिन सिटीको अभियानमा सघाउ पुर्याउँदै वातावरणीय स्वच्छतालाई पनि जोडेकाले यसप्रति थप आकर्षित भएको उनले बताए। माघ २६ गते शनिबार बिहान साढे ६ बजेबाट साइकल र्याली हुँदैछ।
प्रतिक्रिया दिनुहोस !
