ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा सार्वजनिक, मूल्य कति ?

ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा सार्वजनिक, मूल्य कति ?
सुन्नुहोस्

काठमाडौं : ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ। फ्ल्यागशिपबाट प्रेरित डिजाइन, उन्नत सेल्फी क्षमता, अल्ट्रा–फास्ट चार्जिङ, आकर्षक एमोलेड डिस्प्ले र प्रिमियम टिकाउपनालाई एउटै डिभाइसमा समेटेको यो स्मार्टफोनको आधिकारिक मूल्य रु. ५६,९९९ तोकिएको छ।

प्रिमियम स्मार्टफोन अनुभव चाहने प्रयोगकर्तालाई लक्षित गर्दै तयार गरिएको ओप्पो ’ए सिक्स एस प्रो’ मा ५० एमपी ०.६ एक्स १००–डिग्री पीओभी अल्ट्रा–वाइड सेल्फी क्यामेरा रहेको छ। यसले अझ स्पष्ट, विस्तृत र प्राकृतिक रङ्गसहितका सेल्फी तथा ग्रुप फोटो खिच्न सहयोग गर्छ। यस स्मार्टफोनमा ६.५७ इन्च एमोलेड डिस्प्ले रहेको छ, जसमा १२० हर्ज हाई रिफ्रेस रेट उपलब्ध छ। 

यसले दैनिक प्रयोगमा अल्ट्रा–स्मूथ स्क्रोलिङ, छरितो रेस्पोन्स र जीवन्त भिजुअल अनुभव प्रदान गर्छ। साथै, १,४०० निट्ससम्मको हाई ब्राइटनेस भएकाले कडा घाममा समेत डिस्प्ले उज्यालो र सजिलै हेर्न सकिने हुन्छ। डिभाइसमा रहेको विशाल ७००० एमएएच ब्याट्रीले प्रयोगकर्तालाई दिनभर कनेक्टेड रहन सहयोग गर्छ। 

साथै, फोनमा ८० वाट सुपरभूक फ्ल्यास चार्ज सपोर्ट उपलब्ध छ, जसले केवल ६१ मिनेटमै १०० प्रतिशत चार्ज गर्न सक्षम बनाउँछ। यसले प्रयोगकर्तालाई छोटो समयमा फोन चार्ज गरेर लामो समयसम्म सहज रूपमा प्रयोग गर्ने सुविधा दिन्छ।
 
प्रदर्शनको हिसाबले ओप्पो ’ए सिक्स एस प्रो’मा मिडियाटेक हेलियो जी१०० म्याक्स प्रोसेसर प्रयोग गरिएको छ। यसले स्मूथ मल्टिटास्किङ, छरितो पर्फर्मेन्स तथा गेमिङ र मनोरञ्जनका लागि सहज अनुभव प्रदान गर्छ। दैनिक प्रयोगका चुनौतीहरूलाई ध्यानमा राख्दै तयार गरिएको यो स्मार्टफोनमा आईपी६९के रेटेड पानी तथा धुलो प्रतिरोध क्षमता रहेको छ। यसले पानीको सम्पर्क र कठोर वातावरणमा समेत थप सुरक्षा प्रदान गर्दै दीर्घकालीन टिकाउपनामा मद्दत गर्छ।

ओप्पो ’ए सिक्स एस प्रो’मा प्रिमियम थ्रीडी डायनामिक ग्लो डिजाइन समावेश गरिएको छ, जुन प्रकृतिबाट प्रेरित छ र आकर्षक लुकका साथै हातमा सहज अनुभव दिनेगरी तयार गरिएको छ। यो स्मार्टफोन दुई आकर्षक रङ्ग विकल्प लुमिना फरेस्ट र इक्लिप्स ब्लू मा उपलब्ध छ। यसको प्रिमियम उपस्थितिलाई रेनो सिरिज बाट प्रेरित डिजाइन भाषा, उच्चस्तरीय बिल्ड क्वालिटी र प्रकृतिबाट प्रेरित सौन्दर्यले थप परिष्कृत बनाएको छ। फोटोग्राफीका लागि यो डिभाइसमा ५० एमपी + २ एमपी रियर क्यामेरा सिस्टम उपलब्ध छ, जसले दैनिक जीवनका महत्वपूर्ण क्षणहरूलाई स्पष्टता र गहिराइका साथ कैद गर्न सहयोग गर्छ।

लन्चको अवसरमा ओप्पोले ओप्पो ’ए सिक्स एस प्रो’ ८ जीबी + २५६ जीबी खरिद गर्ने ग्राहकहरूका लागि २–महिने रिप्लेसमेन्ट पोलिसी पनि उपलब्ध गराएको छ। यो अफर जुलाई ३, २०२६ देखि अगस्ट २, २०२६ सम्मको प्रवद्र्धनात्मक अवधिमा डिभाइस खरिद गर्ने ग्राहकहरूका लागि लागू हुनेछ। योग्य ग्राहकहरूले पोलिसीका शर्तहरूअनुसार सेप्टेम्बर २, २०२६ सम्म रिप्लेसमेन्ट सुविधा दाबी गर्न सक्नेछन्।

ओप्पो ’ए सिक्स एस प्रो’ ८ जीबी + २५६ जीबी अब नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा रु. ५६,९९९ को आधिकारिक मूल्यमा उपलब्ध छ। ग्राहकहरूको सहजताका लागि यो डिभाइस सुविधाजनक ईएमआई विकल्प सहित पनि उपलब्ध छ।

शक्तिशाली ब्याट्री, अल्ट्रा–फास्ट चार्जिङ, हाई–रेजोलुसन अल्ट्रा–वाइड सेल्फी क्यामेरा, स्मूथ एमोलेड डिस्प्ले, प्रिमियम डिजाइन, फ्ल्यागशिप–स्तरको टिकाउपन र भरपर्दो प्रदर्शनका साथ ओप्पो ’ए सिक्स एस प्रो’ले आफ्नो सेग्मेन्टमा प्रिमियम स्मार्टफोनका लागि नयाँ मापदण्ड स्थापित गरेको छ। साथै, यसले नेपाली उपभोक्तालाई नवीन प्रविधि र उत्कृष्ट मूल्य प्रदान गर्ने ओप्पोको निरन्तर प्रतिबद्धतालाई थप बलियो बनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.