बोश होम नेपालको एम्बेसडरमा अश्मी श्रेष्ठ
काठमाडौं : बोश होम एप्लायन्सेसले नेपालका लागि अश्मी श्रेष्ठलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। अश्मी नेपालकी चर्चित मोडल, उद्यमी तथा सार्वजनिक व्यक्तित्व हुन्। उनी मिस नेपाल वल्र्ड २०१६ को विजेता तथा मिस वल्र्ड २०१६ मा नेपालको प्रतिनिधित्व गरेकी व्यक्तित्वका रूपमा परिचित छिन्। फेसन तथा ब्रान्ड एन्डोर्समेन्ट क्षेत्रमा सफल करियरसँगै उनी ‘अश्मी श्रेष्ठ इन्टरिवर्स’ की संस्थापक पनि हुन्।
यसले डिजाइन, सिर्जनशीलता र उद्यमशीलताप्रतिको उनको रुचि र प्रतिबद्धतालाई झल्काउँछ। जीवनशैली, फेसन, सौन्दर्य तथा व्यावसायिक अभियानहरूमा उनको प्रभावशाली उपस्थितिका कारण अश्मी नेपालकी विश्वसनीय र प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्छिन्।
बोश होम एप्लायन्सेससँग अश्मीको सहकार्य ब्रान्डको प्रिमियम गुणस्तर, बौद्धिक प्रविधि, आकर्षक डिजाइन र विश्वसनीय प्रदर्शनप्रतिको प्रतिबद्धतासँग मेल खान्छ। नेपालकी परिचित र प्रभावशाली व्यक्तित्वका रूपमा अश्मीले शैली र कार्यक्षमता दुवैलाई महŒव दिने आधुनिक नेपाली घरपरिवारको आकांक्षालाई प्रतिनिधित्व गर्छिन्।
प्रतिक्रिया दिनुहोस !