‘सरकार भारतको इशारामा चलिरहेको छ’

‘सरकार भारतको इशारामा चलिरहेको छ’

भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले वर्तमान सरकार भारतको इशारमा चलेको आरोप लगाएका छन्।

रफत सञ्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा विजुक्छेले सरकारका पछिल्ला कदमले नेपालको हरेक निर्णयको चाँबी भारतसँग भएको समेत प्रष्ट हुँदै गएको बताएका छन्।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार गठनसँगै जसरी विशेषदूतका रुपमा उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई पठाउनु गलत भएको बताए। उनले कुस्ती खेल्न पठाउनु पर्ने व्यक्तिलाई सरकारको दूतको रुपमा पठाउनु प्रधानमन्त्रीको त्रुटि भएको आरोप लगाए।

दक्षिण एसिसामा जसरी संयुक्त सेनाको फौज बनाउने र त्यसको प्रमुख भारतकै सेनाको पदाधिकारी रहने तयारी भारतले गरिरहको भन्दै विजुक्छेले अन्य देश स्वतन्त्र र सार्वभौम भन्ने शब्दमा मात्र सीमित रहने बताए।

उनले पहिलेकै १४ अञ्चल ७५ जिल्लाका आधारमा निर्वाचन नगरिए दुई तीन वर्षसम्म पनि स्थानीय निर्वाचन हुन नसक्ने दाबी गरे। तीनवटा निर्वाचन एकै समयमा गर्न नसकिने निर्वाचन आयोगले समेत बताइसकेका बेला सरकार लिंडे ढिपिमा लागिरहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.