इंल्याण्डको कप्तानी रुनीले नै सम्हाल्ने
![इंल्याण्डको कप्तानी रुनीले नै सम्हाल्ने](https://annapurnapost.prixacdn.net/media/albums/Roneey-57c5278cca12e8.27395754_KDADN6UQNL.jpg)
काठमाडौंः इंल्याण्डको कप्तानको जिम्मेवारी वाइन रुनीले नै सम्हाल्ने भएका छन्। टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका साम एलेडाइसले रुनीलाई नै कप्तानीको जिम्मेवारीमा निरन्तरता दिने निर्णय गरेका हुन्।
प्रशिक्षक सामले टोलीको कप्तान परिवर्तन नहुने स्पष्ट समेत पारेका छन्। प्रशिक्षक सामले भनेका छन्,‘कप्तानका लागि रुनी नै लायक छन्। त्यो भूमिका उनले नै पाउनेछन्। उनलाई त्यो जिम्मेवारीमा निरन्तरता दिन मलाई निर्णय लिन सजिलो छ।’
म्यानचेस्टर युनाइटेडका कप्तान समेत रहेका रुनी सन् २०१४ यता इंल्याण्डको कप्तानको जिम्मेवारी पाएका हुन्। लिभरपुलका पूर्व कप्तानसमेत रहेका स्टेभन जेरार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि रुनीले टोलीको कप्तानी सम्हाल्ने जिम्मेवारी पाएका हुन्।
इंल्याण्डको राष्ट्रिय टोलीबाट ११५ खेल खेलेका रुनीले ५३ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)