टीभीएसको अपाचे २०० फोरभी अटो सोमा

 टीभीएसको अपाचे २०० फोरभी अटो सोमा

काठमाडौंः टीभीएसले मंगलबार सुरु हुने नाडा अटो सोमा आफ्नो सबैभन्दा अपेक्षित बाइक टीभीएस अपाचे २०० फोरभी सार्वजनिक गर्ने भएको छ । आकर्षक डिजाइनका साथ उपलब्ध हुने यो बाइकमा प्रयोग गरिएको फ्युल ट्यांक, उठाइएको अगाडिको भागले बाइकलाई आकर्षक रूप दिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो बाइक रोडमा सबैको आकर्षणको केन्द्र बन्नेछ । यसमा प्रयोग गरिएको रेसिङ ओरिजन स्पिल्ट क्र्याडलले धेरै स्पिडमा पनि बाइकलाई कन्ट्रोलमा राख्न मद्दत गर्नेछ ।

बाइकमा फोर भल्ब सिंगल सिलिन्डको एक सय ९८ सीसी इन्जिन प्रयोग गरिएको छ । बाइकमा ओयल कुल्ड कमबस्टनको च्याबर टेक्नोलोजीको प्रयोग गरिएको छ जसले इन्जिलाई तात्नबाट कम गर्ने कम्पनीले जनाएको छ ।

१७ इन्चको पाङ्ग्रा प्रयोग गरिएको यस बाइकको अगाडिको भागमा कन्भेन्सनल टेलिस्कोपी र पछाडिको भागमा केवाईबी रिएर मोनोसक प्रयोग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.