अटो सोमा आईएमईको नयाँ प्यासेन्जर गाडी

अटो सोमा आईएमईको नयाँ प्यासेन्जर गाडी

काठमाडौंः मंगलबार सुरु हुने नाडा अटो सोमा आईएमई ग्रुपअन्तर्गतको सवारीसाधनको कारोबार गर्ने संस्था एलटी इन्टरप्राइजेजले अशोक लेलैन्ड ब्रान्डका ठूला तथा साना रेन्जका कमर्सियल गाडी प्रदर्शन गर्ने भएको छ ।

कम्पनीले सोमा ‘यु२५१८ ट्रिपर’ र लाइट कमर्सियल भेहिकल ‘डस्ट’ प्रदर्शनीमा राख्ने भएको हो । नेपालको बाटो सुहाँउदो र कम लगानीमै धेरै नाफा गर्न सफल रहेको ‘डस्ट एलसीभी’ सेग्मेन्टको ‘डस्ट प्यासेन्जर’ नामक अर्को एलभीसी गाडीको पनि अटो सोमा कन्सेप्ट लन्च गर्ने भएको छ ।

यो सँगै डस्ट प्यासेन्जर गाडीको बुकिङ पनि सुरु भएको कम्पनीले जनाएको छ । त्यसैगरी अशोक लेलैन्ड ब्रान्डका बस सेग्मेन्टअन्तर्गतको नयाँ गाडी ‘सनसाइन’ स्कुल बसको पनि नाडा अटो सोबाट नेपालमा कन्सेप्ट लन्च हुने कम्पनीले जनाएको छ ।

एलटी इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैन्डका कमर्सियल गाडीको यूएसपी भनेकै यसका रेन्ज र प्रोडक्टमा भेराइटी रहेको जानकारी गराएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.