‘संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र हुने गरी संविधान संशोधन’

‘संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र हुने गरी संविधान संशोधन’

बर्दिवास: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र हुने गरी संविधान संशोधन हुनुपर्ने बताएका छन्।

महोत्तरीको बर्दिवासमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले भने,'संविधान निर्माणका बेला लोकतान्त्रिक प्रक्रियालाई मानेर मात्र हामीले आफ्ना कुरा थाति राखेका थियाैं, अहिले सत्तारुढ दल र मधेसकेन्द्रित दलले संविधान संशोधनको कुरा उठाएका छन्, संशोधनमा हाम्रा माग पनि समेटिनुपर्यो ।'

थापाले सत्तारुढ दलले चाहेजस्तो संशोधन प्रस्ताव दर्ता गरेपछि त्यसको अध्ययनको आधारमा आफ्नो पार्टीले धारणा बनाउने बताए। उनले दलहरुको सत्ता लोभले गर्दा देश सङ्कटमा परेको बताए।

थापाले लामो समयदेखि सङ्क्रमणबाट गुज्रेको देश संविधान निर्माणपछि जनताको अपेक्षानुसार अगाडि बढ्न नसकेको बताउदै संविधान कार्यान्वयन गर्दै सङ्क्रमणको अन्त्य गर्न अगाडि बढ्नुपर्नेमा राजनीतिक दलहरु फेरि सत्ता केन्द्रित खेलमा लागेको आरोप लगाए।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.