छुटेका वास्तविक भूकम्पपीडितको नाम संकलन संकलन गरिने

छुटेका वास्तविक भूकम्पपीडितको नाम संकलन संकलन गरिने

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुटेका भूकम्पपीडितको नाम संकलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको बताएका छन्।
अाइतबार बिहान सिन्धुपाल्चोकका सांसदहरुको सर्वपक्षीय प्रतिनिधि मण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भूकम्प पीडितको सूचीमा छुट भएका बास्तविक पीडितको नाम थप्ने गरी प्रक्रिया अघि बढेको जानकारी दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले आफू जुरेको पहिरोदेखि नै पीडितहरुलाई राहत र अनुदानका लागि सिन्धुपाल्चोकमा पटक पटक गएको र सिन्धुपाल्चोक लगायत भूकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति निकै गम्भीर रुपमा लागिरहेको वताउँदै भूकम्प पीडितलाई तत्काल १ लाख रुपैयाँ थपेर ३ लाख रुपैयाँ अनुदान दिने र २ लाख सहुलियत ऋण गरी ५ लाख उपलब्ध गराउन प्रक्रिया अघि बढेको जानकारी दिए।

प्रधानमन्त्रीले अरनीको राजमार्ग मर्मत् र तातोपानी नाका खोल्न आफूले पहल गरिरहेको वताए। सिन्धुपाल्चोकका पूर्व मन्त्री अमृत बोहरा, पूर्व मन्त्री अग्निप्रसाद सापकोटा, मोहनवहादुर बस्नेत, शेरवहादुर तामाङ र रमेश लामा संलग्न प्रतिनिधि मण्डलले छुट भएका भूकम्प पीडितको नाम समावेश, भूकम्प र बाढी पहिरो पीडितलाई राहत, अरनीको राजमार्ग र तातोपानी नाका सुचारु गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.