असइमा जागिर लगाइदिन्छु भन्दै पैसा उठाउने हेमन्त समातिए
कञ्चनपुर : प्रहरी सहायक निरीक्षक पद (असइ) मा जागिर लगाइदिन्छु भन्दै पैसा उठाउने काठमाडौंका हेमन्त महाकालीमा समातिएका छन्।
जागिर लगाई दिने प्रलोभन दिएर उनले पैसा असुल्ने एकजना पक्राउ परेका छन् ।
काठमाडौं कोटेश्वर टिकाथली डेरा गरी बस्ने २५ वर्षीय हेमन्त भनिने हिक्मत थापा पैशा उठाएर फरार भएपछि प्रहरीले महेन्द्रनगर बजारक्षेत्रबाट पक्राउ गरेको हो । थापाको घर बाजुरा जयबागेश्वरी गाविस– १ पिपलगाँउमा हो।
थापाले बेदकोट नगरपालिका– १३ का पदमराज भण्डारी र मिथुन रानाबाट ठूलो रकम लिई ठगी गरेका थिए । पीडित युवकको जाहेरीका आधारमा थापालाई भदौ २० गते पक्राउ गरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए।
“ठगी मुद्दा अन्तर्गत थापामाथि अनुसन्धान प्रक्रिया सुरु गरेका छौं” कार्कीले भने।
प्रतिक्रिया दिनुहोस !