टीसीएलको उपहार योजना
काठमाडौं: टीसीएल ब्रान्डले दसैं र तिहारलाई लक्षित गरी 'टीसीएल टप थ्री गिफ्ट थ्री' नामक उपहार योजना ल्याएको छ । टीसीएलका प्रत्येक सामग्री खरिदमा यो योजना लागू हुने कम्पनीले जनाएको छ ।
उक्त योजनाअन्तर्गत ग्राहकले टीसीएलका टेलिभिजन खरिदमा इन्टेन्स क्यास ब्याकका साथै रेफ्रिजेरेटर, वासिङ मेसिनको खरिदमा इलेक्ट्रिक क्याटल र एअर कन्डिसनरको खरिदमा निःशुल्क जडान सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
'द क्रियटिभ लाइफ' भन्ने नाराका साथ टीसीएलले यस किसिमका योजना ल्याउँदै आएको छ । कम्पनीका अनुसार यो योजना बुधबार सुरु भएको र सीमित अवधिका लागि नेपालभर लागू गरिएको छ ।
टीसीएलको नेपाल एकाइका सेल्स म्यानेजर शैलेन्द्र झाले कम्पनीले सधैं गुणस्तरीय उत्पादनसँगै उपभोक्ताको चाहनालाई मध्यनजर गर्दै आकर्षक योजना ल्याउने गरेको बताए ।
प्रतिक्रिया दिनुहोस !