संविधान दिवसका ओबामाले दिए शुभकामना

संविधान दिवसका  ओबामाले दिए शुभकामना

काठमाडौंः अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवसका अवसरमा नेपाली जनतालाई बधाइ दिएका छन्। ओबामाले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत नेपाली जनतालाई संविधान दिवसको अवसरमा शुभकामना तथा बधाइ दिएका हुन्।

नेपालले संविधान जारी भएको दिन भोलि असोज ३ गतेलाई संविधान दिवसका रुपमा मनाउँदैछ। सोही अवसरमा ओबामाले नेपालका राष्ट्रपति भण्डारीलाई संविधान दिवसको अवसरमा सन्देश पठाएका हुन्।

‘यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै तपाइँ र नेपाली जनताहरूलाई अमेरिकी जनताको तर्फबाट बधाई ज्ञापन गर्न पाउँदा मलाई साह्रै खुशी लागेको छ,’ओबामाले पठाएको सन्देशमा भनिएको छ। ओबामाले नेपालमा विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको भएपनि विपद्मा आफ्ना प्रियजन गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेको समेत उल्लेख गरेका छन्।

उनले भनेका छन्,‘आफ्ना घर र जीवनहरू पुनर्निर्माण गरेका नेपालीहरूको बलको संयुक्त राज्य अमेरिकाले सधैँ प्रशंसा गरिरहनेछ। तपाईहरुलाई सहयोग गर्न हामी आफूले सक्ने सहयोग गरिरहने नै छौं।’ ओबामाले नेपालको जलविद्युत् सम्भावनाको वृद्धि, पूर्वाधार विकास र दुस्खद द्वन्द्वबाट प्रभावित सबैका लागि न्यायको खोजी लगायतका उपलब्धिमा मद्दत गर्ने प्रतिबद्धता जनाएका छन्।  

‘फेरि पनि म तपाईँ र सारा नेपालीहरूलाई यस विशेष दिवसको उपलक्ष्यमा बधाइ ज्ञापन गर्दछु। आगामी वर्षहरुमा पनि हाम्रो सम्बन्धलाई प्रगाढ बनाउन चाहन्छौं,’ ओबामाको सन्देशमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.