आइतबारको उपत्यका बन्द फिर्ता
काठमाडौँः पक्राउ कार्यकर्ता रिहा भएपछि नेकपा (क्रान्तिकारी माओवादी)ले आइतबार गर्ने भनेको उपत्यका बन्द फिर्ता लिएको छ ।
चन्दा सङ्कलन गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेका पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल ९क्रान्तिकारी०का सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दीपेन्द्र सुनुवारलाई रिहा गरेपछि बन्द फिर्ता लिइएको माओवादी उपत्यका संयोजक दिनेश शर्माले जानकारी दिए ।
पार्टीले पक्राउ कार्यकर्ता रिहाइको माग गर्दै आइतबार उपत्यका बन्द कार्यक्रम आयोजना गरेको थियो।
पक्राउ नेता, कार्यकर्ता सिंहदरबार प्रहरी वृत्तमै शुक्रबारदेखि आमरण अनशन बसेकामा आज रिहा गरिएको हो ।
माओवादीका अध्यक्ष मोहन वैद्यले पक्राउ कार्यकर्तालाई शनिबार प्रहरी वृत्तमै पुगेर जुस खुवाएर अनशन तोडाएका छन् । रासस
प्रतिक्रिया दिनुहोस !
२