'ब्रेक लागेन, जहाज घाँसे मैदानतिर जोतियो'

'ब्रेक लागेन, जहाज घाँसे मैदानतिर जोतियो'

भैरहवा : भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा शनिवार दिउँसो यति एयरलाइन्सको जहाज ब्रेक नलागेपछि दुर्घटना भएको खुलासा भएको छ ।

दुर्घटनाग्रस्त यति एयरलाइन्सको नाईन एन– एआइबी ((9N AIEB) जेट स्ट्रिम विमानका चालक क्याप्टेन डिवि साहले जहाजका दुवै ब्रेकले काम नगरेका कारण दुर्घटना भएको लिखित जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरण –क्यान)लाई आइतबार दिएका छन् ।

क्याप्टेन साहले मौखिक एवं लिखित जवाफमा भनेका छन् ‘ल्यान्ड गर्नेक्रमा एक्कासी जहाजको फूट ब्रेक र रिभर्स दुवैले काम गरेन । रनवे बाहिर फोर्सले रोकियो । जमिनमा टेक्दा खरावी देखिएको जहाज आकाशमा लैजान र पुनः फर्काएर काठमाडौंमा आकस्मिक अवतरण गराउनका लागि पनि मैले केहि सोच्ने मौका पाइन।

जहाजमा पर्याप्त इन्धन र आकस्मिक अवतरणको समय पनि प्राप्त थिएन । जसोतसो जहाजलाई ब्लाष्ट हुने खतराबाट बचाइयो ।नेपालमा क्पाप्टेनहरु मध्ये डिवि दक्ष अनुभवी चालक मानिन्छन् । उनले विमान उडाएको डेढ दसकभन्दा बढी भइसकेको छ । यति एयरलाईन्सका वरिष्ट चालक डिवि शाहको साथमा सहचालक एपी शेर्पा र एयर होस्टेज एस राना थिए । विमानमा २९ जना यात्रु सवार थिए । दुर्घटनाबाट विमानमा ठूलो भौतिक क्षति पुगे पनि भाग्यलै सवै यात्रुहरु सकुशल बाच्न सफल भए ।

विमान दुर्घटनाबारे प्रारम्भिक जाँचबुझ गर्न क्यान तथा एयरलाइन्सले छुटाछुटै प्राविधिक इन्जिनियरको टोली घटनास्थल भैरहवामा खटाएको गौतम बुद्ध विमानस्थल नागरिक उड्डयन कार्यालय भैरहवाका निर्देशक शिशिल चित्रकारले बताए । जाँचबुझ टोलीले आईतवार दिनभरी दुर्घटनाक्षेत्रको भौगोलिक, विमानको अवस्थाको निरीक्षण गनर्’का साथै वरिष्ट चालक शाहसंग लिखित एवं मौखिक बयान लिने कार्य गरेको विमानस्थल प्रमुख एवं निर्देशक चित्रकारले जानकार दिए ।

क्यानका दुई सदस्यीय र एयरलाईन्सको तर्फबाट इन्जिीनियर एवं प्राविधिक सहितको टोलीले विमान दुर्घटनाको बारेमा अनुसन्धान जाचबुझ जारी राखेका छन् । टोलीले आआफनैढंगबाट छुटाछुटैं प्रतिवेदन तयार पारेर सम्बन्धित निकायमा बुझाउने निर्देशकले बताए ।

दुर्घटनाबाट क्षति पुगेको विमान बनाएर पुनः उडान गर्न सकिने कन्डिसनमा नरहेको प्राविधिक टोलीसंगै रहेका विमानस्थल प्रमुखले निर्देशक चित्रकारले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.