ठोरी क्षेत्रको सदरमुकामसँग सडक सम्पर्कविच्छेद

ठोरी क्षेत्रको सदरमुकामसँग सडक सम्पर्कविच्छेद

वीरगन्ज: पर्साको सुदूरपश्चिममा रहेका ठोरी र निर्मलबस्ती गाविसको सदरमुकाम वीरगन्जसँग एक सातादेखि सडक सम्पर्क टुटेको छ ।वीरगन्ज ठोरी सडकखण्डअन्तर्गत पर्ने निर्मलबस्तीमा वर्षाको पानीले सडक हिलाम्मे र जीर्ण भएपछि एक सातादेखि सवारी आवागमन अवरुद्ध हुँदा सदरमुकामसँग ती दुवै गाविसको सडक सम्पर्क टुटेको हो ।

लगातार परेको पानीले वीरगन्ज–ठोरी सडकखण्डअन्तर्गत निर्मलबस्ती गाविसको २२ किलोमिटर कच्ची सडकका विभिन्न स्थानमा ठूलाठूला खाल्डाखुल्डी हुनुका साथै सडक हिलाम्मे भएपछि एक सातादेखि बस सञ्चालनमा नआएको बस व्यवसायी मुन्ना ओझाले बताए ।

यस्तै ठोरी गाविसमा पर्ने बाँडागाउँ, भन्ज्याङ, जानकीनगर र सरस्वतीनगरमा पनि वर्षाको पानीले सडक हिलाम्मे बनाएको छ ।सडक हिलाम्मे भएर बिग्रिएपछि असोज २ गतेदेखि वीरगन्जबाट ठोरीका लागि छुट्ने बस सुवर्णपुरसम्म मात्र पुग्ने गरेका छन् ।

जिल्ला सदरमुकाम जोड्ने कच्ची सडकमा बस नचलेपछि ठोरी र निर्मलबस्ती गाविसका बासिन्दा सदरमुकाम वीरगन्ज पुगेर सरकारी कामकाज गर्न वञ्चित भएका छन् । सरकारी काम लिएर सदरमुकाम पुग्न नसक्दा ग्रामीण भेगका सेवाग्राही नराम्ररी प्रभावित बनेको निर्मलबस्तीका शम्भु खड्काले बताए ।

'दसैंतिहारजस्ता ठूला चाड आइरहेका छन् तर गाडी नचल्दा चाडपर्व मान्न घर फर्कनेहरूलाई सबैभन्दा बढी सास्ती भएको छ', उनले भने ।

सडक मर्मत गर्न सम्बन्धित निकायको पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएको भन्दै बस व्यवसायी ओझाले सडक मर्मत नभएसम्म बस चल्ने अवस्था नै नरहेको बताए ।

ठोरी र निर्मलबस्ती गाविसलाई लक्षित गरी वीरगन्जबाट दैनिक चारवटा बस छुट्ने गरेका छन् । कच्ची सडक बिग्रेका कारण सुवर्णपुरबाट निर्मलबस्ती, ठोरी हुँदै काठमाडौं जाने रात्रीबससमेत अहिले निर्मलबस्तीको ब्रह्मनगरको ढुंगेबगरसम्म मात्र पुग्ने गरेका छन् ।

जीर्ण सडकका कारण एक सातादेखि बस चल्न छाडेपछि मर्मतका लागि निर्मलबस्ती गाविस कार्यालय अगाडि सरेको छ ।
गाविसको आगामी बजेटबाट मिलाउने गरी नौ लाख रुपैयाँ सडक मर्मतका लागि छुट्ट्याइएको जानकारी निर्मलबस्ती गाविसका निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठले दिए ।

श्रेष्ठले भने, 'जिल्ला विकास समितिले पनि सडक मर्मतका लागि चारवटा ट्रिपर र एक्साभेटर उपलब्ध गराइदिने आश्वासन दिएको छ । मंगलबार साँझसम्म बाटो मर्मतका लागि एक्साभेटर निर्मलबस्तीमा आइपुग्छ होला ।'

ठोरीको ठुटे खोलादेखि ओरियाखोला छेउसम्मको सडक मर्मत गरिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.