सी र मोदीसँग प्रचण्डले भनेः नेपाल-भारत-चीन त्रिदेशीय रणनीतिक साझेदारी गरौँ

सी र मोदीसँग प्रचण्डले भनेः नेपाल-भारत-चीन त्रिदेशीय रणनीतिक साझेदारी गरौँ

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारी गर्न प्रस्ताव गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार भारतको गोवामा भएको संयुक्त अनौपचारिक भेटमा प्रधानमन्त्री दाहालले यस्तो प्रस्ताव राखेका हुन् ।

दाहालको प्रस्तावमा सी र मोदीले सहमति जनाएको प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको छ । त्यहाँ भएको ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री दाहाल, चिनियाँ राष्ट्रपति सी र मोदीबीच २० मिनेट अनौपचारिक कुराकानी भएको हो । यद्यपी दाहाल र सीका बीचमा शनिबार साँझ नै दुवै देशका उच्चस्तरीय प्रतिनिधीमण्डल सहित औपचारिक भेटवार्ता भइसकेको थियो ।

प्रतिनिधीमण्डलस्तरको कुराकानी सकेर होटलको बैठक कक्षबाट बाहिरिएका प्रधानमन्त्री दाहाल त्यसलगत्तै होटलको ‘वेटिङ्’ रुममा पत्नी सीता र पुत्र प्रकाशसहित बसिरहेका थिए । त्यसैबखत चिनियाँ राष्ट्रपति अचानक एक्लै दाहाल संग भेट्न आइपुगेका थिए ।
प्रधानमन्त्री दाहाल र सिबीच १५ मिनेट अनौपचारिक रुपमा एकल भेट समेत भएको थियो । सि र दाहालबीच होटलको ‘वेटिङ् रुम’ मा कुराकानी भइरहेका बखत भारतीय प्रधानमन्त्री पनि प्रवेश गरेपछि तिन देशका नेताबीच अप्रत्यासित रुपमा अनौपचारिक कुराकानी भएको थियो ।

दाहाल, सी र मोदीबीचको भेटघाट अप्रत्याशित थियो । दाहाल, सि र मोदी एकै होटलको फ्ल्याटमा बसेका थिए । जसका कारण उनीहरुबीच अनौपचारिक भेट सम्भव भएको थियो । प्रधानमन्त्री, चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच अप्रत्यासित रुपमा सामूहिक भेटतार्वा भएको परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् । ‘मैले पनि यो भेटबारे पछि मात्रै थाहा पाएको हुँ । अनौपचारिक भेट गर्ने पूर्वनिर्धारित कार्यक्रम थिएन’ उनले भने ।

अनौपचारिक कुराकानीमा दाहालले आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा नै नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिइसकेको स्मरण गराएका थिए ।

‘हामी विशाल छिमेकी भारत र चीनको बीचमा छौँ । हामी दुई देशबीच गतिशिल पुल बनेर लाभ उठाउन चाहन्छौँ । मैले भेटमा रणनीतिक साझेदारीबारे महत्वका साथ कुरा राखेँ । भारतका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिले मेरो प्रस्ताव महत्वपूर्ण रहेको बताउनुभयो । हामी यसमा सहमत छौँ पनि भन्नुभयो’ प्रधानमन्त्री दाहाललाई उदृत गर्दै सचिवालयले भनेको छ ।

सो क्रममा दाहालले बुद्द, पशुपति र जानकीले नेपाल, भारत र चीनलाई जोडेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालले भारत र चीनबीच सुमधुर संबन्ध बनाउन पुलको काम गर्नसक्ने बताएका थिए ।

‘प्रधानमन्त्रीले नेपालले आफ्नै मौलिक आयाम सहित विकासको लक्ष्य पछ्यारहेको भन्दै त्यसका लागि दुवै छिमेकीसंग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक संबन्ध स्थापित गर्न चाहेको बताउनुभयो’ सचिवालयले भनेको छ ।

सो अवसरमा चिनियाँ राष्ट्रपतिले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने बताउँदै भारत र चीनबीच नेपालले पुलको काम गर्नसक्ने बताए । नेपालले चीन र भारतसंग रणनीतिक साझेदारी गर्न राखेको प्रस्तावलाई चीनले महत्वका साथ लिएको र चीन त्यसमा सकारात्मक रहेको सिले भेटमा बताएका थिए । ‘सिले चीन र भारतबीचको संबन्ध समदुरीमा राख्न नेपालले खेलेको भूमिकाको प्रशंशा गर्दै आगामी दिनमा तिन देशको संबन्ध मजबुत हुने विश्वास ब्यक्त गर्नुभयो’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

भेटमा भारतीय प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिको गाउंका दार्शनिक हान सुयान आफ्नो गाउँ गुजरात आएर चीनको ऐतिहासिक बिशेषताको प्रचार गरेको तथा चीन फर्केपछि गुजरातको संस्कृतिक र रहनसहनबारे चीनमा प्रचार भएको स्मरण गराएका थिए । ‘मोदीले नेपाल, भारत र चीनबीच भौगोलिक, सांस्कृतिक र भावनात्मक मित्रता रहेको बताउनुभयो’ विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.