घर ज्वाइँले गरे सासुको हत्या

घर ज्वाइँले गरे सासुको हत्या

नेपालगन्जः बाँकेको नौवस्ता–७ तल्लो गाभरकी ६४ बर्षीया देविसरा विकको गएराति हत्या भएको छ । विकका छोरी ज्वाइँ हस्तबहादुर विकले सासु देविसराको हत्या गरेको प्रहरीले जनाएको छ ।

मृतकको लास आफ्नै घुम्ती पसलमा भेटिएको छ । भूतपूर्व सेनाकी श्रीमती देविसरा छोरी ज्वाइँ हस्तबहादुर र नाति मनोज विकको साथमा बस्दै आएकी थिइन् । छोरी सुष्मा विक वैदेशिक रोजगारीको लागि साउदी अरब पुगेकी छिन् ।

सासुको हत्या गरी हस्तबहादुर र नाती मनोज फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लले जानकारी दिए। पैसाको लागि ज्वाइँले देविसराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको डिएसपी काफ्लले जानकारी दिए । उनले भने, ‘ज्वाइँले देविसराको कर्तव्य गरि मारेको देखिन्छ ।’

मृतक देविसराले सोमबार मात्रै पेन्सन बुझेकी थिइन् । कति पैसा बुझेकी थिइन् भन्ने यकिन नभएको डिएसपी काफ्ले जानकारी दिए । घुम्ती पसलमा समेत ५ रुपैयाँ मात्रै भेटिएको उनले बताए । पेन्सनमा बुझेको र पसलमा भएको सबै पैसा लिएर ज्वाइँ फरार भएको प्रहरी जनाएको छ ।

सोमबार राति नै हत्या भएको पनि मंगलबार बेलुका ४ बजे मात्रै प्रहरीले खबर पाएको थियो । पैसा लिन पुगेकी छिमेकीले साढे ३ बजे तिर गुम्तीमा पुग्दा देविसराको लास देखेपछि प्रहरीलाई खवर गरेकी थिइन्।

घटना स्थलमा ज्वाई हस्तबहादुरको पर्स मोबाइल र फोटो भेटिएको छ । प्रहरीले ज्वाइँले हत्या गरेको पुष्टि हुँदै गएको बताएको छ ।

घाँटीमा गलबन्दी र सलले कसेर देविसराको हत्या भएको प्रहरीले जनाएको छ । मृतक देविसराको घाँटीमा सल र गलबन्दीको डाम र गालामा निलडाम देखिएको छ ।

साउदी अरबमा रहेकी छोरीलाई घटनाको बारेमा खबर गरिसकेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए। काफ्लेले घटना विस्तृत अनुसन्धान भइरहेको बताए । उनले फरार रहेका हस्तबहादुरको खोजी कार्य भइरहेको जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.