कन्काई विकास बैंकको साधरण सभा
काठमाडौं: कन्काई विकास बैंकले झापाको दमकमा १०औं साधारण सभा सम्पन्न गरेको छ । बैकका अध्यक्ष सेवक दाहालको अध्यक्षतामा भएको साधरण सभाले आर्थिक वर्ष २०७२/०७३ को वासलात, नाफा नोक्सान हिसाबको विवरण, नगद प्रवाह विवरणसमेत पारित गरेको छ ।
बैंकको चुक्ता पुँजी १२ करोड ५० लाख रुपैयाँ छ । नेपाल राष्ट्र बैंकको पुँजी वृद्वि योजनाअनुरूप बैंकले आर्थिक वर्ष २०७२/०७३ मा कुल निक्षेप एक अर्ब २७ करोड ९१ लाख रुपैयाँ संकलन गरेको बैंकका सचिव बैजुनाथ ठाकुरले बताए ।
एक अर्ब दुई करोड आठ लाख रुपैयाँ लगानी गर्दै बैंकले पाँच करोड ५२ लाख ८९ हजार रुपैयाँ सञ्चालन मुनाफा र तीन करोड ३२ लाख ८७ हजार खुद मुनाफा आर्जन गरेको उनले बताए । बैंकको साधरण सभाले २० प्रतिशत सेयर बोनस वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।