मदर्स च्वाइसको बेबीफुड बजारमा
काठमाडौः खाटु इन्टरनेसनल प्रालिले मदर्स च्वाइसको बेबीफुड नेपाली बजारमा भित्र्याएको छ । ओमानमा उत्पादित बेबी सिरियल र बिस्कुट बच्चाको स्वास्थ्य र पाचनक्रियाका लागि उत्तम भएको हुँदा यसलाई बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
यो ओमानी फुड प्रोडक्ट बच्चाको पाचनका लागि अति उत्तम मानिएको छ । ४ महिनादेखि ३ वर्षसम्मका बच्चाले खानसक्ने यी सिरियल आठवटा प्राकृतिक फ्लेबरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यी सिरियलमा पहिलादेखि नै दूधको मात्रा अत्यधिक रूपमा रहने भएकाले पानीमात्र मिसाएर पकाउन सकिनेछ । यसमा कुनै पनि अप्राकृतिक फ्लेबर नहुनुका साथै शुद्घ फलफूल तथा सागसब्जीबाट उत्पादित सिरियल भएको कम्पनीले जनाएको छ ।
यसमा १६ किसिमका आइरन, क्याल्सियम र भिटामिन रहेको छ । यसका उत्पादन ओमानी बच्चामाझ अत्यन्तै लोकप्रिय रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
५