हस्तकला महासंघको वार्षिकोत्सव

हस्तकला महासंघको वार्षिकोत्सव

 काठमाडौः नेपाल हस्तकला महासंघको ४४ औं वार्षिकोत्सव तथा पाँचौं हस्तकला दिवस मनाइएको छ । नेपाल सरकारका उद्योग राज्यमन्त्री कञ्चनचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा महासंघले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

पाँचौं हस्तकला दिवसका अवसरमा आ-आफ्नो संघमा हस्तकलासम्बन्धी कार्यक्रम आयोजना गर्न महासंघले सबै सदस्यलाई अनुरोध गरेको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली हस्तकला व्यवसाय भनेको नेपालको पहिचान बोक्ने क्षेत्र भएकाले यस क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा नेपाल सरकारले यथोचित सहयोग गर्नुपर्ने बताए ।

उनले नेपाली हस्तकला क्षेत्रले रोजगारी प्रवद्र्धनका साथै गरिबी न्युनिकरणमा सहयोग पुर्‍याएको र निर्यातमार्फत आयात प्रतिस्थापन गरेकाले यस क्षेत्रको विकासमा सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए ।

हस्तकला दिवसकै अवसरमा परम्परागत हस्तकलाका वस्तु एवं बाह्रौं हस्तकला प्रतियोगिताका सहभागीले तयार पारेका सामग्री प्रदर्शनी गरिएको संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.