मुक्तिनाथ बैंकको कार्यक्रम
काठमाडौः मुक्तिनाथ विकास बैंकले ग्रामीण भेगका आम नागरिकबीच अन्तक्र्रिया कार्यक्रमको सुरुवात गरेको छ ।
बैंकले ‘एक व्यक्ति एक बचत खाता, एक परिवार एक सफल उद्यमी' अभियानअन्र्तगत स्याङ्जाको कृष्णगन्डकी, मिर्मिमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको हो । भगवती नमुना उच्च माविका प्राचार्य पिताम्बर भट्टराईले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा स्थानीय व्यापारी, बुद्धिजिवी, समाजसेवी, कर्मचारी र कृषक गरी ८० जना उपस्थित थिए । उक्त कार्यक्रममा बैंकले हाल प्रदान गर्दै आएको आफ्नो सेवा र सुविधाबारे लघुवित्त विभाग प्रमुख गोविन्दबहादुर राउतले जानकारी गराए ।
उक्त अवसरमा हरेक व्यक्तिको बैँक खाता हुनु पर्ने, बैंकिङ माध्यमबाट कारोबार गर्नुपर्ने, हरेक परिवारमा कम्तीमा एक जना सफल उद्यमी भएमा समुदायको उन्नती हुने कुरामा जोड दिइएको थियो । बैंकले प्रदान गर्दै आएका सेवासुविधामा थप गरी वित्तीय पहुँच पुर्याउन कार्यक्रम उपलब्धिमूलक हुने बैंकको विश्वास छ ।