ब्रिटिस कलेजद्वारा इन्टरप्रेनर्स सोसाइटी

 ब्रिटिस कलेजद्वारा इन्टरप्रेनर्स सोसाइटी

काठमाडौंः द ब्रिटिस कलेजले आफ्ना विद्यार्थीको नविन व्यावसायिक सोचलाई व्यवसायमा रुपान्तरण गर्ने उद्देश्यले योङ इन्टरप्रेनर्स सोसाइटी (एस) सुरु गरेको छ ।

बिहीबार एक कार्यक्रमकाबीच कलेजले सोसाइटीको औपचारिक सुरुवात गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं उद्यमी राजेन्द्र खेतानले उक्त सोसाइटीको उद्घाटन गरेका थिए । उनले नेपालमा बस्तुको माग र आपूर्तिको अवस्थाबारे योङ इन्टरप्रेनर्स सोसाइटीमा आवद्ध विद्यार्थीलाई बताएका थिए ।

कार्यक्रममा कलेजका डाइरेक्टर महेन्द्र कँडेल र प्रिन्सिपल माइकल बान्र्सले अभियानको स्वागत गर्दै सिर्जनात्मक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । स्नातकोत्तर तहका विद्यार्थी सुभद्रा श्री राजभण्डारी, कृष्णबहादुर सिंह, सफल श्रेष्ठ र आह्वान श्रेष्ठले योङ इन्टरप्रनेर्स सोसाइटीको स्थापना गरेका हुन् ।

उद्यमी खेतानलाई सोसाइटीको पहिलो सदस्यका रूपमा स्वागत गरिएको थियो । द ब्रिटिस कलेजले बेलायतको लिड्स बेकेट युनिभर्सिटी र युनिभर्सिटी अफ वेस्ट इङल्यान्डको सम्बन्धनमा बीबीए, बीएस्सी कम्प्युटिङ, एमएस्सी इन्टरनेसनल म्यानेजमेन्ट, एमबीए र एमबीए (एक्जुकेटिभ) लगायतका कार्यक्रम अध्यापन गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.