हुन्डाईद्वारा ट्राफिक निगरानी उपकरण हस्तान्तरण
काठमाडौं: हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जिल्ला प्रहरी कार्यालय कास्कीलाई २५ थान क्यामरा हस्तान्तरण गरेको छ।
हुन्डार्ई मोटर्सले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत सञ्चालनमा ल्याएको अभियान स्वरुप प्रहरी कार्यालयलाई क्यामरा सहयोग गरेको हो ।
ट्राफिक सुरक्षा अभियानलाई हुन्डाईले कर्पोरेट सामाजिक उतरदायित्वको मुख्य आधार बनाएर काम गर्दै आएको छ । कम्पनीले सेफ मुभ अन्तर्गत हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले २५ थान ड्यास क्याम कास्कीका जिल्ला प्रहरी प्रमुख कमल सिंंंह बमलाई हस्तान्तरण गरे ।
उक्त ड्यास बोर्ड क्यामरालाई गाडिको विन्डस्क्रिनमा जडान गरेर गाडिको विन्डस्क्रिन बाट निरन्तर भिडियो रेकर्ड गर्न सकिने छ । यसले दुर्घटनाको प्रमाण दिनुका साथै ट्राफिक नियम उल्लंघन र बीमा ठगी पनि नियन्त्रण गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
यसको विशेषता भनेको यसले २४ एफपीएस भिडियो १२८० गुणा ७२० पिक्सेलमा रेकर्ड गर्ने कम्पनीको दाबी छ । साउन्ड रेकर्डिङ र ६४ जीवीको मेमोरी कार्ड सपोर्ट गर्नुको साथै यसले २४ घण्टा निरन्तर भिडियो रेकर्ड गर्नेछ । साथै यसमा रहेको जीपीएस प्रणलीले गाडीको गति देखाउने कम्पनीले जनाएको छ ।