राजनीतिक अस्थिरताले विकासमा बाधाः महत
दमकः राजनितिक अस्थिरताका कारण मुलुकमा बिकाश हुन नसकेको पुर्व अर्थमन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य डा. रामशरण महतले बताएका छन् ।
नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समितीले सोमबार दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले स्थिर राजनिती भएमा मुलुकमा द्रुत गतिमा बिकास हुने बताए । सुशासनको अभावमा अहिले स्थानीय स्तरमा बिकासको काम हुन नसकेको र भ्रष्टाचार मौलाउदै गएको उनले बताए ।
महतले बिगत २५ बर्षयता २३ वटा सरकार परिर्वतन भएका कारण बिकास नभएको उल्लेख गर्दै राजनीतिक समस्या समाधान पछि आर्थिक समृद्धितर्फ लाग्न सबै दललाई आग्रह समेत गरे ।
आफ्नो पार्टीको भन्ने भावना बिकास हुदै गएकोले त्यसको असर बिकास निर्माणमा प्रत्यक्ष असर पारेको उनको धारणा थियो । पछिल्लो समय पुर्ननिर्माण प्राधिकरणको सिईओ हेरफेर गर्ने कुरा राम्रो नभएको उनले बताए । त्यसले झन् समस्या बढाउने उनको तर्क थियो ।
गिरिजा बाबुको नेतृत्वमा कांग्रेसले ल्याएको परिपक्क आर्थिक नीतिका कारण देशको राजश्व बढेको उनले दाबी गरे । उद्धार आर्थिक निती, बैंकिंग नीति, दिर्घकालीन आर्थिक कार्ययोजनाका कारण देशले बिकास निर्माणमा केही छलाङ मारेको उनले बताए ।
हुलाकी मार्ग निर्माण, दमक-रबि चिसापानी सडक खण्ड, रांके–रबि–भेडेटार सडक खण्ड, दमकको औधोगिक करिडोर , बुद्धको मुर्ती लगायत लाई सरकारले प्राथमिकतामा राखेको उनले जानकारी दिए ।
केन्द्रीय सदस्य महतले स्थानीय तहको निर्वाचन अनिबार्य रहेकोले त्यसको बिकल्प नरहेको बताए । निर्वाचन गर्दा पुरानै संरचनामा ठिक हुने उनले बताए । नया संरचनामा विवाद भएका कारण पुरानै संरचनामा जाँदा निर्वाचन हुन सक्ने उनको भनाई थियो ।
एमालेले संसद अवरोध गर्नु गैरजिम्मेवारपुर्ण कदम रहेको भन्दै उनले राजनीतिक समस्यालाई समाधान गर्न संसद खुलाएर सहयोग गर्न आग्रह गरे । महतले सरकारले निर्वाचन गर्न अलमल गरिरहेको भन्दै चाँडो निर्वाचनको मिती तोकेर अघि बढ्न सुझाव दिए ।