चर्को आलोचनापछि बाबुरामले सार्वजनिक गरे टोपीसँगको साइनो

चर्को आलोचनापछि बाबुरामले सार्वजनिक गरे टोपीसँगको साइनो

काठमाडौंः टोपी दिवसको विरोध गरेपछि आलोचित भएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले टोपीसँग आफ्नो जन्मजात साइनो रहेको सार्वजनिक गरेका छन् ।

आइतबार अर्थात् जनवरी १ मा मनाइएको टोपी दिवसप्रति आक्रोश व्यक्त गर्दै ट्वीट गरेका पूर्वप्रधानमन्त्री समेत रहेका बाबुरामले मंगलबार भने टोपीसँग आफ्नो जन्मजात साइनो भएको बताएका छन् ।

टोपी दिवसको विरोध गर्दै ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । यही आलोचनाकै बीचमा उनले आफ्नो टोपीसँगको साइनो जन्मजात भएको उल्लेख गरेका हुन् ।

विद्यार्थी जीवनमा ढाका टोपी लगाएर खिचेको तस्बिर राखेर बाबुरामले मंगलबार ट्वीट गरेका हुन् । उनले ट्वीटमा आफूलाई टोपी विरोधीको रुपमा प्रस्तुत गर्नु तर्कसंगत नभएको उल्लेख गरेका छन् ।

‘बाबुराम र टोपीको जन्मजात साइनो छ है ! बाबुरामलाई टोपी विरोधीको रुपमा प्रस्तुत गर्नु तथ्यसंगत, तर्कसंगत, न्यायसंगत..., ’ बाबुरामले ट्वीटरमा लेखेका छन् ।

आइतबार भने बाबुरामले जनवरी १ मा टोपी दिवस मनाउनेले कुनै दिन धोती दिवस मनाउने भन्दै आक्रोश व्यक्त गरेका थिए । बाबुरामले टोपी दिवसको विरोध गर्दा बख्खु र धोती शब्दको अपमानित ढंगले प्रयोग गरेको भन्दै सबै समुदायका मानिसले बाबुरामप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.