फुल्चोकीमा हिउँ खेल्ने युवाको भीड
ललितपुर: राजधानीनजिकैको फुल्चोकी डाँडामा मंगलबार हिउँ खेल्न युवायुवतीहरूको भीड लाग्यो । मंगलबार बिहान फुल्चोकी डाँडा सेताम्मे देखिएपछि चापागाउँ, गोदावरी, झरुवाराशि, बडीखेल, विशंखुनारायण र काभ्रेका गाउँगाउँबाट समेत युवायुवती हिउँ खेल्न आएका हुन् ।
गोदावरीबाट १३ किलोमिटर उकालो चढेपछि फुल्चोकी टावरमा पुगिन्छ । उक्त टावरमा मंगलबार हिउँ खेल्नकै लागि पैदल हिँडेर धेरै युवा जाँदै थिए भने मोटरसाइकल र गाडीमा जानेको संख्या पनि उल्लेख्य थियो ।
फुल्चोकीमा आइतबार बिहानदेखि हिउँ परेको फुल्चोकी टावरमा सुरक्षार्थ खटिएका एक सैनिक जवानले बताए । फुल्चोकीमा नेपाल टेलिकम, रेडियो नेपाल र नेपाल टेलिभिजनको टावर छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस !
३