दम्पती बिरामी भएपछि छोराछोरीको बिचल्ली

दम्पती बिरामी भएपछि छोराछोरीको बिचल्ली

बागलुङः शुरुमा शरिरमा सामान्य गिर्खा जस्तो थियो । बिस्तारै दुखाइको महुशुस हुँदै गए पछि बागलुङ नगरपालिका ७ कालिमाटीकी ३३ बर्षिय अनिता गैरे अघिल्लो बर्षको मंसिरमा उपचारका लागि पोखराको चरक अस्पतालमा उपचारका लागि गइन् ।

उपचारका क्रममा बिभिन्न रोगका आंशकामा परिक्षण गर्दा १५ दिन पछि रिपोर्ट आयो । अनितालाई रिपोर्ट देखाउदै डाक्टरले भने-‘स्तन क्यान्सर’ । चुपचाप स्वीकार र आँखाको डिलमा आएको आँशु लुकाएर थप उपचारको प्रक्रिया अघि बढाउनु बाहेक अर्को बिकल्प उनी सँग भएन ।

पारिवारिक आर्थिक अवस्था न्युन भएका गैरे दम्पति सगोलको परिवार छुटिने बेलामा भर्खर छुटिएर बसेका थिए । साना तिन छोराछोरीको उचित शिक्षा दिक्षा र लालनपालनको चिन्ता छदै थियो ।

त्यसमा पनि क्यान्सर अप्रेशन गर्नुपर्ने र लाखौ खर्च लाग्ने भए पछि गैरे दम्पतिको त्यही दिनदेखी भोक निद्रा हराएको छ । गैरे दम्पति माथिको बज्रपात यति मात्र सिमित रहेन, बिदेशमा लामो समय बसेका अनिताका श्रीमानको पनि बेला बेलामा स्वास्थ्य समस्या देखिने गरेको थियो ।

बिदेशकै अस्पतालमा परिक्षण गर्दा कहिले कलेजो सुनिएको र कहिले पत्थरी भएको डाक्टर बताए । तर रोग र दुखाई बल्झिरहे पछि अनिताको स्वास्थ्य परिक्षणका क्रममा पोखराकै चरक अस्पतालमा स्वास्थ्य परिक्षण गराउदाँ श्रीमान अमृत गैरेलाई पनि अल्सर भएको प्रमाणित भयो ।

स्तर क्यान्सबाट पीडित अनिताको चितवनमा रहेको भरतपूर क्यान्सर अस्पतालमा उपचार गर्न गए पछि धेरै दिन कुनुपर्ने तर डाक्टर तत्काल अप्रेशन गर्न सुझाव दिएकाले महँगो पैसा तिरेरै सोही स्थानको शान्ति अस्पतालमा अप्रेशन गरियो ।

अहिले सम्म दुवैको उपचारका लागि १५ लाख भन्दा बढी रकम खर्च भएको अनिताले बताइन् । ‘ श्रीमान १३/१४ बर्ष बिदेशमा बस्दा कमाएको पैसाले सानो घर र केही खेतबारी जोडेका थियौ, अहिले दैव हामी माथि खनिए,’ उनले भावुक मुद्रामा भनिन्, ‘गाउँको जग्गा बेच्दा बिक्री हुँदैन, ऋण माग्ने ठाउँ पनि सकिए, अब के गर्ने ? उपचारका क्रममा खर्च भएको रकम मध्ये ५ लाख बाहेक अन्य सबै आफन्त, इष्टमित्र र नातागोताबाट ऋण लिएको गैरेले बताए ।

गैरे दम्पतिका १० बर्षिया छोरी आयुषा, ७ बर्षिया छोरी आयुश्मा र ३ बर्षका छोरा आयुष छन् । उनीहरुले स्थानीय बिश्वकर्मा माद्यमिक बिद्यालयमा कक्षा ६, ३ र बालविकास केन्द्रमा पढ्दैछन् । अप्रेशन गरिए पछि नियमित चेकजाँचका लागी दुवै जना भरतपुर क्यान्सर अस्पताल चितवन पुग्ने गरेका छन् ।

‘चिकित्सको सुझाव अनुसार महिना महिनामा नियमित फ्लो अपका लागि जानुपर्छ, एक पटकमा अमृताको रोग प्रतिरोधात्क क्षमता बढाउने (केमु) राख्न मात्र ४०÷५० हजार खर्च हुन्छ, मेरो पनि उस्तै खर्च छ,’ उनका श्रीमान अमृतले थपे, ‘साथमा भएको पैसा सकियो, ऋण माग्ने जस्ता सबै ठाउँ सकिए, भगवानले हामीलाई कस्तो यातना र सजाय दिए ? ’
अब परोपकारी मन भएका व्यक्तिहरुको साथ सहयोग अपेक्षा गरेर उपचार गर्ने बाहेक आँफुहरु सँग अर्को बिकल्प नभएको उनले बताए ।

‘हामी त बरु जहिले सम्म सकिन्छ, त्यति दिन बाँचुम्ला, आँखा भरी आँशु बनाउदै अनिताले भनिन्, ‘नाबालक तिन छोराछोरीको भविष्य सम्झिएर मन थाम्न सक्दैनौ ।’ ‘अन्तिममा केही लागेन भने सबैले भगवान भरोसा भन्थे, अब हामीलाई भगवानको भरोसा भन्दा दयालु स्वभाव भएका दाजुभाई दिदीवहिनीहरु देश बिदेशमा छन्,’ अृमतले झिनो आशा राख्दै भने, ‘हामीलाई साथ दिन्छन्, सहयोग गर्छन् भन्ने आशा मात्र बाँकी छ, अरु भोक निद्रा, खुशी सबै हराएका छन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.